काठमाडौं । राजधानीको थापालीमा केन्द्रीय कार्यलय खोलेर आम जनताका सेवामा जुटेको कम्पनि शिखर इन्स्योरेन्स लिमिटेडले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको छ ।
सञ्चालक समितिको हालै बसेको बैठकले आव २०८०–८१ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुरज राजबाहकले जनकारी गराएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३ सय रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउने सचिव सुरज राजबाहकले बताए ।









