माओवादी केन्द्र प्रति जनतामा भरोसा बढ्न थाल्यो ः प्रचण्ड

काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द«का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै जाँदा माओवादी केन्द« प्रति भरोसा ढ्दैगएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । सो अवसरमा नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य घनश्याम दाहाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायतले आ–आफ्नो धारणा राखे ।

LEAVE A REPLY