त्रिभूवन विमान स्थलमा थपियो २ घण्टा उडान अवधि ः सहायक प्रवक्ता ज्ञानेन्द्र भुल

वार्षिक एक करोड यात्रुलाई सेवा दिन सक्ने गरी कार्तिक २३ गते देखी
स्तरोन्नतिका लागि दैनिक १४ घण्टा मात्र सञ्चालन हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को स्तरोन्नति करिव ४० प्रतिशत सम्पन्न भए पछि शनिबारदेखि २ घण्टा उडान अवधि थपिएरु १६ घण्टा सञ्चालनमा आउन थालेको छ । यस सँगै अव १५ प्रतिशत उडान थपिने सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनु भयो।
‘शनिबारदेखि आठ घण्टा राति ११ बजेदेखि बिहान ७ बजेसम्म मात्र बन्द गरेर स्तरोन्नतिको काम गरिने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताउनु भयो
प्राधिकरणका अनुसार विमानस्थलमा ट्याक्सी वे, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाज पार्किङस्थल, ह्यांगरलगायतका पूर्वाधार निर्माण भइरहेको छ । स्तरोन्नतिका कारण त्रिभुवन विमानस्थलबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म हुने उडानहरू अगाडि–पछाडि सारिएको छ भने ३३ प्रतिशत उडान कटौती गरेर भैरहवा डाइभर्ट गरिएको छ ।

भुलका अनुसार विमानस्थल १४ घण्टा मात्र सञ्चालन हुँदा दैनिक औसतमा २२० आन्तरिक उडान–अवतरण र ७८ वटा अन्तर्राष्ट्रिय उडान–अवतरण हुँदै आइरहेको छ । अब दुई घण्टा उडान अवधि थपिँदा आन्तरिक उडान २९० र अन्तर्राष्ट्रिय उडान करिब सयको संख्यामा पुग्ने छ । दुई घण्टा अवधि थपिएपछि वायुसेवा कम्पनीहरूले पनि उडान रि–सेड्युल गर्दै छन् । अगाडि र पछाडि धकेलिएका उडानहरू पहिलेकै समयमा सार्न प्राधिकरणलाई आग्रह गरेका छन् । ‘वायुसेवा कम्पनीहरूले उडान माग गरेपछि हामीले अनुमति दिने हो, उनीहरूले रि–सेड्युल गर्दै छन्, अब उडानहरू थपिँदै जान्छन् ।,’ २३ कार्तिक देखि दैनिक १० घण्टा विमान स्थल बन्द गरेर स्तरोन्नतिको काम हुदै आएको गियो भुलले भने ।

 

LEAVE A REPLY