राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌बाट फिर्ता हुनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्न नपाउने जिकिर गर्दै विधेयक फिर्ताको माग गरेका हुन् । ‘सामाजिक सञ्जाल विधेयकको कामै छैन । हुबहु फिर्ता लैजानुपर्छ । कसैले लाइक, कमेन्ट, सेयर गर्ने बित्तिकै जेल हाल्ने हो ? ००७ सालमा नेपालमा रेडियो खोलिएको हो । गोरखापत्रको स्थापना त राणाकालम भएको हो । सक्रिय पञ्चायतको बेला मुलुकमा टेलिभिजन खोलिएको छ । बोल्न पाउने अधिकारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुण्ठित गर्न सक्छन् जस्तो लाग्छ ? उनले भने ।
सरकारले जबरजस्ती गर्न खोजे सडक र सदन दुवै ठाउँबाट विरोध गर्ने चेतावनी उनले दिए । यदी त्यसो भयो भने संसद् र सडकबाट विरोध हुन्छ । त्यो विधेयक पेस गर्ने आवश्यकता नै छैन । अहिले पनि हामीसँग साइबर क्राइमको ऐन छ,’ उनले भने, ‘ओली सरकारले गलत गरेको कुरा कसैले लाइक गर्‍यो, कमेन्ट गर्यो भने कारबाही हुने रे । जयजयकार गर्नको लागि गतिलो काम गर्नुपर्‍यो नी ।’

LEAVE A REPLY