नेपाली कांगे्रसको १५ औं महाधिवेशन ०८४ सा जेठ भित्रै गरिसक्नु पर्नेमा महामन्त्री गगन थापाको दाबी

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको विषयलाई लिएर संसदको ठूलो दल नेपाली कांग्रेसभित्र अनेक शंका उपशंका उत्पन्न हुन थालेका छन् । कांग्रेस विधान अनुसार पार्टीको महाधिवेशन चार वर्षे समयसिमा अर्थात २०८४ साल जेठ भित्रै १५औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर विधानको मर्मलाई पछि पार्दे पार्टी नेतृत्वले १५औं महाधिवेशन साना दलहरुसँग आम निर्वाचन २०८४ पछि धकेल्ने छनक आएपछि नेताहरु सभापति देउवासँग सशंकित हुन थालेका छन् । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन २०७८ पुषमा सम्पन्न गरेको थियो । उक्त मितिले २०८४ साल जेठ भित्रै १५औं महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर पार्टीको सबै तयारी सकेर जान नसक्दा १५औं महाधिवेशन आम निर्वाचन २०८४ पछि गर्ने कि अघि गर्ने भन्ने विषयमा बहस चलिरहेको छ ।
यसैबीच कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसको १५औं महाधिवेशन आम निर्वाचन २०८४ अघि नै गर्नुपर्ने दाबी गरिरहनु भएको छ । उहाँले पार्टीको १५औं महाधिवेशनबाट आएको नयाँ नेतृत्वले नै चुनावको नेतृत्व
गर्छ । कांग्रेस महामन्त्री थापाले महाधिवेशन कति छिटो गर्न सकिन्छ भन्ने बारेमा पार्टीभित्र छलफल भइरहेको जानकारी दिनुभयो । समयमै गर्ने गरी आफुहरुले मिहनेत गरिरहेको भनाई उहाँको रहेको छ । केही नेताहरुको भनाईले अधिवेशन पछि धकेलिन्छकी भन्ने लागेको भए त्यसमा दोधार नहुन कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । कांग्रेस संस्थापन इतरका नेता डा।शेखर कोइरालाले पनि आगामी १५औं महाधिवेशन २०८२ मै गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै एकअर्को प्रशंगमा महामन्त्री थापाले जनतालाई विश्वास दिलाउन पार्टीका मन्त्री र जनप्रतिनिधिहरुलाई राम्रो अंक ल्याउने गरी जनताका काम गर्न निर्देशन पनि दिनुभयो । ‘आफै सत्तामा भएर पनि यो भएन, त्यो भएन भनेर गुनासो गर्नुभन्दा राम्रो अंक आउने गरी काम गर्नुहास् । मौका यति बेलै हो । ०८४ मा त रिपोर्ट कार्ड लिएर जाने हो । ०८४ लाई काम साच्ने होइन ।’ महामन्त्री थापाले भने ।
कांग्रेसमा पूर्वमहामन्त्री डा।शेखर कोइरालाको २०८४को आम निर्वाचन पछि मात्रै महाधिवेशन गर्न सकिने अभिव्यक्ति र कांग्रेसको आन्तरिक तयारी हेर्दा, १४औं महाधिवेशन सम्पन्न भएको साढे ५ वर्षसम्म पनि १५औं महाधिवेशन नहुने देखिन्छ । २०८४ सालमा त देशभर स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहको चुनावी माहोल आउदछ । त्यसबेला पार्टी महाधिवेशनको सम्भव नै छैन । यसै मेसोमा कांग्रेस पार्टी प्रवक्ता डा. प्रकाशशरण महत महाधिवेशन आउन र आम निर्वाचन आउन अझै धेरै समय बाँकी रहेकाले यस बारेमा अहिले नै धेरै बोल्नु उचित नहुने हुँदा सबै साथीहरु धैर्य गर्नुपर्ने बताउनु हुन्छ ।

LEAVE A REPLY