अमेरिकी एमसीसी परियोजना नरोकिने

काठमाडौं । अमेरिकी सहायता, अमेरिकाले दिने अनुदान यति बेला चर्चामा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार नेपालमा अमेरिकी सहायताका परियोजना र कार्यक्रम ९० दिनका लागि रोकिए पनि मिलिनियम च्यालेन्ज कर्पोरेशन९एमसीसी० परियोजनाको अनुदानले भने निरन्तरता पाउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेटेर एमसीसी अनुदान नरोकिने स्पष्ट पारेका
थिए । परराष्ट्र स्रोतका अनुसार अमेरिकी राजदूत थम्सनले युएसएडको अनुदान रकम र ०७९ मा नेपाललाई दिने भनेको पञ्चवर्षीय सहायता९करिब ८० अर्ब रुपैया० अनुदान अहिले नरोकिएको, तर परियोजनाहरुको अवस्थाको मूल्यांकन गरेर केही दिनमै एउटा नीति तय हुने जानकारी दिएका
थिए । अमेरिकी राजदूतले त्यही क्रममा एमसीसी अन्र्तगतको अनुदान नरोकिने स्पष्ट पारेका थिए ।
एमसीसीमा लगानी निरन्तरताका लागि सचिव राईले अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए ।
नेपालमा २०८० देखि एमसीसी अन्र्तगतका आयोजना लागु भएका थिए । जस अन्र्तगत प्रसारणलाइन तथा सडक विस्तार परियोजनाका लागि अमेरिकाले कुल ५६ करोड ८० लाख अमेरिकी डलर९सुरुमा ५० करोड अमेरिकी डलर र पछि थपेको ६ करोड ८० लाख डलर तथा नेपाल सरकारले जम्मा १९ करोड ७० लाख डलर सुरुमा १३ करोड डलर र पछि थपेको ६ करोड ७० लाख डलर विनियोजन गरेका थिए ।
स्मरण रहोस् एमसीसी अन्र्तगतका परियोजना २०८४ साल भाद्र १३ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

LEAVE A REPLY