नेपाल सरकारले लगानी कर्ताहरुको लगानीलाई सुरक्षा दिदै प्रोत्साहित गर्नका लागि थप योजना बनाई रहेको छ ः मन्त्री ऐन बहादुर शाही

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले नेपाल सरकारले लगानीकर्ताहरुको लगानीलाई सुरक्षा दिदै लगानी कर्ताहरुलाई प्रोत्साहित गर्नका लागि थप योजनाहरु बनाई रहेको बताएका छन् । मुगुको छाँयानाथ रारा नगरपालिका–९ मुर्माटपमा एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स प्रालिले निर्माण गर्न लागेको रारा रिसोर्ट शिलान्यास समारोहमा बोल्दै उनले अध्यादेशमार्फत व्यवसायिक सुरक्षा र थप निजीकरणलाई उत्साहित बनाउने प्रयास भईरहेको भन्दै निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले भने, ‘नेपाल सरकारले अब लगानीकर्ताहरुलाई सुरक्षा दिने र प्रोत्साहित गर्नका लागि थप योजना बनाई रहेको छ । वर्तमान सरकारले व्यवसायलाई बढावा र उत्साहित गर्नको लागि बैशाखमा लगानी सहजीकरण भए जस्तै भर्खरै पनि अध्यादेशका मार्फतबाट व्यवसायिक सुरक्षा र थप निजीकरणलाई उत्साहित बनाउने प्रयास गरेका छौँ । निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको छ ।’

यसको साथै, रिसोर्टले कर्णालीको पर्यटन क्षेत्रमा नयाँ आधार स्थापना गरेको भन्दै यस्ता कार्यलाई सहज बनाउन ऐनहरु संशोधन गर्दै अगाडि बढ्नको लागि वर्तमान सरकार र मन्त्रालय प्रतिबद्ध भएर लागेको बताए ।

उनले भने, ‘यो रिसोर्टले कर्णालीको पर्यटन क्षेत्रमा एउटा नयाँ आधार स्थापित भएको छ । यस्तै प्रोजेक्टहरु सञ्चालन गर्नको लागि वन मन्त्रालयले भूमिका खेल्दै आएको छ र आगामी दिनमा यसलाई थप सहज बनाउनको लागि आवश्यक ऐनहरुको परिमार्जन गर्दै, ऐनहरु संशोधन गर्दै आगामी दिनमा वनलाई जनतासँग जोड्दै अगाडि बढ्नको लागि वर्तमान सरकार र मन्त्रालय प्रतिबद्ध भएर लागेको छ ।’

निजी क्षेत्रलाई विकासमा सहभागि गराउने राज्यले लिएको नीतिको फलस्वरुप रारा जस्तो विकट क्षेत्रमा पनि रिसोर्ट बनेको पनि उनको भनाई छ ।
उनले भने, ‘निजी क्षेत्रलाई जुन हिसाबले विकासमा सहभागि गराउने राज्यले नीति लियो ।

LEAVE A REPLY