काठमाडौँ , पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष डा.रामचन्द्र अधिकारीको आत्मवृत्तान्त पुस्तक विमोचन भएको छ।
काठमाडौँमा एक कार्यक्रमबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले डा. अधिकारी नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भनेर हिँडिरहेको उल्लेख गरे। नेपाल हिन्दु राष्ट्र बन्न सक्छ वा सक्दैन यसै भन्न नसकिने देउवाको भनाइ थियो। देउवाले हिन्दुराष्ट्र बनाउने अभियानमा अधिकारीलाई साथ दिन पनि आग्रह गरे।
सभापति देउवाले भने, ‘उहाँ मेरो सानैदेखिको साथी हो। अहिले हिन्दुराष्ट्र बनाउने अभियानमा हुनुहुन्छ‚ कतिको सफल हुन्छ‚ थाहा छैन, उहाँलाई साथ दिनुस्।’
सभापति देउवाले डा अधिकारीसँग धेरै कुराको अनुभव रहेको भन्दै देशका लागि आत्मवृत्तान्त पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताए।