काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर आन्तरिक सरगर्मी बढेको छ । पार्टी विधान अनुसार अघि बढेको भए यतिबेला कांग्रेसभित्र पार्टीको १५औं महाधिवेशनको सरगर्मी अझ बढेको हुन्थ्यो । कांग्रेसको विधानले निर्धारण गरेको सामान्य व्यवस्था भनेर चार वर्षभित्र महाधिवेशन गरिनुपर्ने हो । २०७८ मंसिरमा १४औं महाधिवेशन गरेको कांग्रेसले चार वर्षभित्र अर्थात् नियमित रुपमा गर्दा २०८२ मंसिरभित्र १५औं महाधिवेशन गर्नुपर्छ तर चार वर्ष अर्थात १० महिनाभित्र महाधिवेशन गर्ने गरी कांग्रेसले कुनै पनि गतिविधि गरेको देखिदैन । त्यसैले पार्टी विधान र संविधानले दिएको अधिकार प्रयोग गर्ने हो भने २०८४ को वैशाखमा हुने स्थानीय तहको निर्वाचन मुखतिर कांग्रेस महाधिवेशन पुग्ने देखिन्छ । महाधिवेशनका विषयमा नेताहरुको अलग अलग विचार सार्वजनिक भइरहेको
देखिन्छ । त्यसो त पार्टी सभापति शेरबहादुर देउवा २०८४को निर्वाचनपछि मात्र महाधिवेशन गर्ने रणनीतिमा लाग्नुभएको भनिन्छ ।
सभापति देउवाको यो रणनीतिले पार्टीभित्र तरंग उत्पन्न भएको छ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला आमनिर्वाचनपछि महाधिवेशन पार्टीको अवस्था नाजुक हुने तर्क गर्छन् । उनले भने– ‘म त धेरै पहिलादेखि भनिरहेको छु, हामीहरु समयमा महाधिवेशन गरौं । नेपाली कांग्रेसको विधानमा केही अप्ठेरो पर्यो भने एक वर्ष दिएका छ । संविधानले अर्को ६ महिना दिएको छ । यो भनेको डेढ वर्ष हो । कुनै न कुनै रुपमा विधान अनुसार समयमै हुनुपर्छ । चुनावपछि अधिवेशन
गर्यो भने नेपाली कांग्रेसको अवस्था
नाजुक हुन्छ । कमजोर हुन्छ भन्ने कुरा मात्रै हो ।’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आमनिर्वाचन अघि नै हुने दाबी गरे । कानून र पार्टीको विधानले व्यवस्था गरे अनुसार चार वर्षमा महाधिवेशन हुने बताउँदै महामन्त्री थापाले भने– ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैत्रभित्र पार्टीको क्रियाशील सदस्यता टुंग्याउने गरी काम गरेका छौं, तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुपर्यो । विधान अनुसार २०८२ सालको मंसिर÷पौषमा चार वर्ष कार्यकाल सकिन्छ । हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ । तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथि मितिभित्र हामी भ्याउँछौं भनेर सम्पूर्ण रुपमा दावी गर्ने अवस्था छैन ।
यसैगरी कांग्रेस प्रवक्ता प्रकाश शरण महतले १५औं महाधिवेशन २०८४ को निर्वाचन अघि कि पछि हुन्छ अहिले नै भन्ने अवस्था नभएको स्पष्ट पारे । तर, पार्टीको महाधिवेशन निर्धारित समयमा हुने पक्का भएको दावी गर्दै प्रवक्ता महतले भने– ‘अहिले पनि एक वर्ष त झण्डै चार वर्षको अवधि पुरा हुन बाँकी नै छ । एक वर्ष थप्ने प्रचलन नै भएको
छ । त्योभन्दा अघि त हाम्रो महाधिवेशन तयारी पुगेको नै छैन । कम्तिमा दुई वर्ष त अहिले नै छ ।’
आखिर किन चुनावपछि मात्र पार्टी महाधिवेशन गर्न चाहन्छन् त देउवा रु
पहिलो कारणः देउवा अब उमेर हदका कारण पार्टी सभापति बन्न पाउने छैनन् । जसले गर्दा देउवा कुनै पनि बहानामा महाधिवेशन सार्न चाहान्छन् । दोस्रो कारणः देउवा अब एमालेसँगको सात बुँदे सहमति अनुसार १७ महिनापछि प्रधानमन्त्री बन्दैछन् र चुनावी सरकारको नेतृत्व पनि गर्दै छन् । आफ्नो नेतृत्वको सरकारमा रहेका बेला कांग्रेसलाई निर्वाचनमा बहुमत ल्याउने गरी वातावरण पनि बनाउने तयारीमा छन् । उनले आफु पार्टी सभापति रहेकै बेला एकपटक प्रधानमन्त्री हुने चाहना राखेको र चुनाव अघि निर्वाचन गर्दा पार्टी सभापति फेरिन सक्ने र उसले अरुलाई प्रधानमन्त्रीमा सिफारिस गर्न सक्ने लगायतका कारणले देउवा निर्वाचन अघि पार्टी महाधिवेशन गराउन चाहदैनन् ।