अग्र गति लिएका सामुदायिक विद्यालयबाट पिछडीएका विद्यालयहरुले सिक्नुपर्ने पाठ

—भोजकुमारी खड्का
नेपालमा नीजि शैक्षिक संस्थामा मात्र विद्यार्थीको पढाइलेखाई राम्रो हुन्छ, सरकारी अर्थात सामुदायिक विद्यालयमा पढाईलेखाई राम्रो हुँदैन भनेर जुन धारणा र सोचाई राखिएको छ, त्यसलाई अग्रगति लिएका केही सामुदायिक विद्यालयको पढाईलेखाई र शैक्षिक वातावरणले विस्थापित गरिदिएको छ । शिक्षक र विद्यालय व्यवस्थापनले चाहे गर्दा नहुने के रहेछ र भन्ने कुराको प्रमाण पुष्टि गरिदिएका छन् । उनीहरुको नक्कल गरेर पिछडिएका विद्यालयहरु पनि अगाडि बढ्ने हो भने, केही वर्षभित्रै सामुदायिक विद्यालयमा विद्यार्थी भरिभराउ हुने र नीजि विद्यालय रित्तिदै जाने अवस्था सृजना हुन्छ ।
शैक्षिक गतिविधिमा अग्रगति लिएका विद्यालयहरु जस्तो काठमाडौंको विश्व निकेतन मा।वि। त्रिपुरेश्वर, रत्नराज्य मा।वि। मध्यबानेश्वर, कंलकी बाफल काठमाडौं मा।वि।, बुटवलको मानव ज्ञान मा।वि।, शान्ति नमूना मा।वि।, तिलोत्तमा, कान्ति माध्यमिक विद्यालय बुटवल लगायतका दर्जनौं सामुदायिक विद्यालय रहेका छन् । विगत २ वर्षयता काठमाडौं महानगरपालिका भित्रका अधिकांश सामुदायिक विद्यालयहरुमा पनि पढाइको गुणस्तरमा सुधार आउन थालेको देखिन्छ । यसको प्रमुख कारण शिक्षा मन्त्रालयले विद्यालयको जिम्मेवारी स्थानीय निकायलाई हस्तान्तरण गर्नु र स्थानीय निकायले पनि आफुमाथि आएको जिम्मेवारीको इमान्दारीतापूर्वक पालना गर्नु हो । यसरी नै अन्य महानगर, उपमहानगर, नगर र गाउपालिका भित्र रहेका विद्यालयहरुले पनि इच्छा शक्ति देखाएर गुणस्तरमा सुधार ल्याउने प्रयास गर्ने हो भने, असम्भव छैन भन्ने कुराको प्रमाण अग्र गतिमा सञ्चालन भईरहेका विद्यालयले पुष्टि गरिसकेका छन् ।
अधिकांश सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर नहुँदा न्यून आय भएका अभिभावकहरुले नीजि विद्यालयमा आफ्ना नानीबाबुहरु पढाउन बाध्य भएका छन् । नीजि विद्यालयको चर्को शुल्क र बजार महँगीले आम सर्वसाधारणहरुको ढाढ सेकिने गरेको छ । एकातिर यो अवस्था छ भने अर्कातिर सरकारले सामुदायिक विद्यालयमा गरेको लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ । अन्धाधुन्धमा अधिकांश सामुदायिक विद्यालय चलिरहेका छन् । कही विद्यार्थी नभएर विद्यालयनै बन्द हुने अवस्थामा छन् । कही विषयगत शिक्षकको अभाव छ, कही विद्यार्थीको अभाव छ । शिक्षकको संख्या बराबर विद्यार्थीको संख्या भएका कतिपय दुर्गम जिल्लाका सामुदायिक विद्यालयको अवस्था छ । त्यस्ता विद्यालयको अनुगमन गरी सम्बन्धित निकायले अभिभावकहरुलाई सचेतना गराई सन्ततीलाई विद्यालय पठाउने वातावरण बनाउन सक्नु पर्दछ ।
अहिले दुर्गम ग्रामीण क्षेत्र अधिकांशमा विद्यार्थी विद्यालय नगएको अवस्था छ । दीवा खाजाको व्यवस्थाले विद्यार्थी विद्यालयप्रति आकर्षित भए पनि खाजामा समेत घोटाला हुँदा दीवा खाजा पनि प्रभावकारी हुन सकेको छैन । यसप्रति सम्बन्धित निकायको कुनै चासो पनि छैन । यस्तै विविध कारणले सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षा प्रदान गर्न पछि परिरहेका छन् । सँधैंको यो अवस्थाले शिक्षाको गुणस्तरमा कहिले सुधार आउछ त ?अ

LEAVE A REPLY