प्रधानमन्त्रीद्वारा आत्मकथा “करुणा”को लोकार्पण

काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्यद्वारा लिखित कृति ‘करुणा’को एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । राजधानीको राष्ट्रिय सभागृहमा भएको उक्त कार्यक्रमको अध्यक्षता लेखिका आफैले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनुभएका प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पत्नी राधिकालाई वडो महत्वका साथ आँगनका तुलसीको संज्ञा दिनुभएको थियो ।
प्रधानमन्त्रीले दिनुभएको यो संज्ञा उच्च हो । आँगनका तुलसीको धेरै ठूलो महत्व छ । मानिसको अन्तिम अवस्था भए पछि हत्त न पत्त तुलसीको मठ नजिक लागिन्छ । त्यसो गर्दा मृतकलाई स्वर्ग जान कुनै रोकतोक हुँदैन र मृतात्मा स्वर्गमा पुग्दछ भन्ने पौराणिक कालदेखि नै जन विश्वास रही आएको छ । त्यसैले हाम्रो हिन्दुशास्त्र अनुसार आगनको तुलसीको ठूलो महत्व छ ।
प्रधानमन्त्री ओलीले ‘करुणा’ कृतिलाई लोकार्पण गर्ने क्रममा २४ क्यारेट सत्य लिखित भएको बताउनु भयो । उहाँका अनुसार सो कृति पढ्दा राम्रै लाग्ने, कुनै उपन्यास जस्तो नभएको, कथा पनि नभएको र २४ क्यारेटको सत्य लिखित कृति भएको बताउनुभयो । यसको सत्यतामा कसैले चुनौती दिन नसक्ने प्रधानमन्त्रीको भनाई थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओली, लेखिका राधिका शाक्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, गायिका आनि छोइङ डोल्मा, साहित्यकार अमर न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY