८ वर्ष पुराना मुद्दा ०८२ असारमै सक्छौं —न्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा ८ वर्ष नाघेका बाँकी ७८ मुद्दा यही २०८२ साल असार मसान्तसम्म शुन्यमा झारी सक्ने बताउनुभएको छ । उहाँले सर्वोच्च बार एसोसिएसनको ५१औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नै क्रममा त्यस्तो अभिव्यक्ति राख्नुभएको हो । उहाँले वक्तव्यका क्रममा सर्वोच्च अदालतमा आठ वष नाघेका मुद्दाहरु हजारौंको संख्याबाट घटाएर र ७८ थान मात्र बाँकी राखेको र तिनलाई पनि आउँदो वर्षको असार मसान्तसम्मा शुन्यमा झार्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकाल अब करीब ४ महिना मात्र भएको हुँदा ८ वर्ष नाघेका पुराना मुद्दालाई शुन्यमा झारी २०८३ साल भित्र ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने वातावरण बनाउने बताउनुभयो ।
पाँच वर्ष नाघेका मुद्दाहरु २४०० को हाराहारीमा रहेका छन् । तिनलाई २०८३ साल असार मसान्तसम्म सुन्यमा ल्याउनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा प्रधानन्यायाधीश राउतले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलाहरुमा सशक्त टिप्पणी गर्न समेत कानून व्यवसायीहरुलाई आग्रह गर्नुभयो । आफूसँग भएको ज्ञान, अनुभव र निपूणता कानून निर्माण गने क्रममा लविङ हुनुपर्ने उहाँको भनाई थियो । उहाँले कानून व्यवसायी र संसद्बीच पर्याप्त छलफल र सहकार्य नहुँदा आवश्यकता नपर्ने कानून समेत बन्ने गरेको बताउनुभयो । त्यसैले कानून लागु नगर्दै संसद र कानून व्यवसायीबीच व्यापक छलफल गर्ने परम्पराको विकास गर्न जरुरी भएको उहाँको भनाई थियो ।

LEAVE A REPLY