गठबन्धन सरकार देश र जनताको हितमा छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेस–एमालेको गठबन्धन सरकार देश र जनताको हितमा नभएको बताउनु भएको छ । उहाँले आफुले प्रस्तुत गरेको प्रतिवेदनमा एमाले, कांग्रेसले दुई दलीय तानाशाही लाद्ने प्रयत्न भइरहेको आरोप समेत लगाउनु भएको छ । गठबन्धन सरकारले देश र जनताको हितका लागि भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा सो नगरी निरंकुश र स्वेच्छाचारी ढंगले चलेको बताउनु भयो ।
महाधिवेशनपछिका निर्णय र कार्यान्वयनको अवस्था तथा आगामी कार्याभार र कार्ययोजना सहितको १६ पेजको प्रतिवेदन प्रस्तुत गरेका अध्यक्ष नेपालले भन्नुभयो– ‘वर्तमान सत्ता गठबन्धनबाट मुलुकमा दुई दलीय तानाशाही लाद्ने प्रयत्न भइरहेको छ । गठबन्धन सरकार देश र जनताको हितमा छैन, यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ ।

LEAVE A REPLY