काठमाडौँ , काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाण्डौ महाँनगर पालिकाको नारा गरिखाने शिक्षा, महाँनगरको इच्छा भएको बताउदै विद्यालय तहका विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्नसक्ने शिक्षा दिनुपर्ने बताएकी छन्।
उनले काठमाडौँ को राष्ट्रिय सभागृहमा शुरु भएको २ दिने काठमाडौँ शैक्षिक मेलालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन्। विद्यार्थीलाई किताबको ज्ञानका साथै भविष्यमा जीविकोपार्जन गर्नसक्ने सीप सिकाउनुपर्ने उनको भनाई छ ।
उनले महानगरले शुरु गरेको कार्यक्रमबाट सबै सीप र व्यवसायको सम्मान गर्नुपर्ने कुरा विद्यार्थीले बुझेको बताइन्। हरेक विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने गरी सीपसहितको शिक्षा प्रदान गर्नुपर्ने आजको आवश्यकता भएको उनको भनाई छ ।
यस्तो शिक्षा हुनुपर्छ जस्ले गर्दा विद्यार्थीहरु भोलि आफैँले कमाइ खानसक्ने हुन् । गरी खानसक्ने शिक्षा हुनुपर्छ भनेर हामीले स्कुलमा ‘स्किल एन एजुकेशन’को थालनी गर्यौँ‚’ उनले भनिन्, ‘किताबी ज्ञानलेमात्र अपुग छ, किताबी ज्ञान सँगसँगै जीवन उपयोगी सीपहरु पनि चाहिन्छ भन्ने कुरा अहिले हामीले बोलिरहनुभन्दा पनि अघि देखिइसकेको छ।’
उपप्रमुख डंगोलले अभिभावकले विद्यार्थीले सिकेका सीपको प्रशंसा गरेर थप सिक्न आत्मविश्वास जगाइ दिनुपर्ने बताइन्।
विद्यार्थीले आफूले सीप सिकेर अरु १० जनालाई सीप सिक्न प्रेरित गर्नुपर्नेमा उनले जोड दिइन्।