काठमाडौं । कानूनी व्यवसायीका छाता संगठन नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष समर्थक दुई प्यानल प्रतिस्पर्धा गर्ने भएका छन् । सत्तामा रहेका कांग्रेस–एमाले समर्थक कानून व्यवसायीले गठबन्धन बनाएपछि प्रतिपक्षी दल समर्थक कानून व्यवसायी पनि एकै मोर्चामा उभिएका छन्
गत विहिबार सत्तापक्षीय गठबन्धनबाट नेपाली कांगे्रस निकट डिएलएका विजयप्रसाद मिश्र अध्यक्ष र महासचिवमा एमाले निकट पिपिएलएका केदार कोइरालाले महासचिवमा उम्मेदवारी दर्ता गराएका छन् । मिश्र नेपाल बारका पूर्व महासचिव समेत छन् । यता प्रतिपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपा सामेल छन् । यो प्यानलको अध्यक्ष पदमा माओवादी निकट रमण श्रेष्ठ उम्मेदवार बनेका छन् । उनको प्रस्तावकमा एमाले निकट वरिष्ठ अधिवक्ता शम्भु थापा छन् भने समर्थकमा वरिष्ठ अधिवक्ता सुशिल पन्त छन् । यसैगरी यो प्यानलबाट रास्वपा निकट यज्ञमणि न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । स्मरण रहोस् आगामी चैत्र २३ गते हुने निर्वाचनबाट नेपाल बारमा २५ सदस्यीय कार्यसमिति चयन हुनेछ ।