कांग्रेसमा सभापतिका दाबेदारहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन जति जति नजिक नजिक आउँदै छ, त्यति त्यति नेतृत्वको लागि दावा गर्ने नेताहरु थपिदै गइरहेका छन् । विधानतः अब शेरबहादुर देउवा सभापति बन्न नपाउने भएसँगै दाबेदारको ओइरो लागेको हो । सभापतिको उम्मेदवारको लाइनमा उपसभापतिदेखि प्रवक्तासम्म देखिएका छन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा।शशांक कोइराला, डा।शेखर कोइराला, विमलेन्द्र नीधि, प्रकाशमान सिंदेखि प्रवक्ता डा। प्रकाशशरण महतले सभापतिमा दावी गरेका छन् ।
आफ्नो उपस्थिति बलियो बनाउन सभापतिका दाबेदारहरु देशदौडाह गरिरहेका छन् । वास्तवमा कांग्रेसको भावी नेतृत्वमा सभापति देउवालाई जसलाई सघाउँछन् उही कांग्रेसको भावी सभापति हुने पक्कापक्की जस्तै देखिन्छ । तर देउवाले अहिलेसम्म आफ्नो टिमको उम्मेदवार सार्वजनिक गरेका छैनन् तर देउवा निकट नेताहरु आफुलाई साथ दिन देउवालाई आग्रह गरिरहेको बताइन्छ ।
वास्तवमा कांग्रेसमा विमलेन्द्र नीधि, शशांक कोइराला र प्रकाशमान सिंह राजनीतिक विरासत बोकेका नेता हुन् । यदि देउवाले यी तीन नेतामध्ये एकलाई साथ दिने हो भने महाधिवेशनमा उही नेताको पल्लाभारी हुने देखिन्छ । तर वर्तमान उपसभापति पूर्णबहादुर खड्का पनि देउवालाई साथ दिन आग्रह गरिरहेको देउवा निकट एक सुत्र बताउँछ । देउवाले अन्तिममा खड्का वा प्रकाशमान मध्ये एउटालाई भावि सभापतिको लागि साथ दिने संकेत मिलेको ती नेता बताउछन् । त्यसो त देउवा आफ्नी पत्नी आरजु देउवालाई उपसभापति बनाउने गरी आफ्नो लवि निर्धारण गर्ने मनसायमा रहेको बताइन्छ । अहिले सभापति देउवाले पत्नी आरजु राणा देउवालाई परराष्ट्रमन्त्री बनाउनु उनलाई पार्टीमा स्थापित गर्र्नैका लागि भएको बुझिन्छ । तर कांग्रेस महाधिवेशन आगामी मंसिरमा हुन्छ वा अर्को एक वर्ष थपिन्छ त्यो अहिल्यै भन्न मिल्ने अवस्था छैन । अब एमाले अध्यक्ष केपी ओलीपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने भएकाले देउवा आफु प्रधानमन्त्री भएपछि मात्र कांग्रेस महाधिवेशन गर्ने रणनीतिमा रहेको बताइन्छ ।

LEAVE A REPLY