काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी विधेयक ल्याउने तयारी गरेपछि नेकपाएकीकृत समाजवादीमा सन्त्रास उत्पन्न भएको छ । किनकी यो पार्टीमा असन्तुष्ट धेरै रहेकाले विधेयकमा दल त्याग सम्बन्धी व्यवस्था खुकुलो पार्ने हो भने नेकपा एस कुनै पनि बेला विभाजन हुने अवस्थामा देखिन्छ । एकीकृत समाजवादीभित्र केही समययता विवाद छ । विवाद चुलिदो अवस्था छ । दल विभाजनको आँकलन सोही पार्टी भित्र पनि छ । यस्तै अवस्था जनता समाजवादीजसपामा पनि छ । जसपामा पनि अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा चुनौती दिनै बढ्दै गएको देखिन्छ । बुझिए अनुसार सत्तारुढ घटक कांग्रेस एमाले दल विभाजन गरी प्रतिनिधि सभामा जस्तै राष्ट्रिय सभामा पनि स्पष्ट बहुमत राख्न नेकपा एस र जसपा विभाजन गर्न विधेयक ल्याउने तयारीमा लागेको बताइन्छ । तर सरकारले ल्याउन लागेको विधेयकको चौतर्फी विरोध हुन थालेपछि सरकार विधेयक ल्याउनबाट एक कदम हट्किएको देखिन्छ ।
सुदामा ताजा समाचार
उच्छृंखल व्यवहार गर्दै हिँडेका एक दर्जन प्रहरीको खोरमा
काठमाडौं । प्रहरीले होलीको नाममा उच्छृंखल गतिविधि गरेको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ ।काठमाडौबाट प्रहरीको नियन्त्रणमा आउने तीमध्ये दुई जना महिला रहेका छन्...
नेपाल बिमाप्राधिकरणले बैशाख १ देखी इजलास राख्ने
काठमाडौं । नेपाल बिमा प्राधिकरणले २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि...
होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो
काठमाडौं । आज विहीवार फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व , यस अवसरमा हिमाली जिल्ला र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईयो। रंगहरुको...
एनएमबी बैंकको जिम्मेवारी सीईओ गोविन्द घिमिरेलाई
काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ मा गोविन्द घिमिरे नियुक्त भएका छन् यस सँगै बैकको कार्यभार उहाँको कााधमा पर्न आएको हो ।...
आगामी चैत ७ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने ःसभामुख
काठमाडौँ , प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामि चैत ७ गते हुने भएको छ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम चैत...