Page 12

प्रधान न्त्रीको उथल पुथल शव्द लाई आजबाट उनीमाथी आएको पहिरोले बगाउने छ ः सचिव योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई बोल्ड जवाफ दिएका छ्न् । प्रधानमन्त्री प्रचण्डले शुक्रबारको संसद बैकमा कांग्रेस र एमालेलाई कम्जोर सोचेर धम्कीको शैलीमा जवाफ दिएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको वेट शून्य रहेको बताए । उनले चौथो पटकसम्म उथलपुथल गर्दै प्रधानमन्त्रीमाथि पहिरो आएको बताएका छन् । प्रधानमन्त्रीको उथलपुथल शब्दलाई आजबाट पहिरोले बगाउने उनको भनाइ छ ।

सचिव भट्टराईले प्रधानमन्त्री प्रचण्ड संसद बैठकमा बेहोसमा जवाफ दिएको बताए । नेता भट्टराईले देशभित्रको समस्या समाधान गर्न छोडेर विश्वासको मतका बारेमा मात्र संसदमा दैनिक छलफल गर्नुपर्ने, राजनीतिक संस्कारमा समेत प्रधानमन्त्रीले असर पु¥याएपछि एमाले र कांग्रेसको सरकार बनाउनुपर्ने बाध्यता आएको उनले बताए । देशलाई राजनीतिक स्थायित्व दिन एमाले कांग्रेससँग मिलेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली लक्षित घोचपेच गर्दै स्वर्ग र नर्कको कुरा गरेपछि सचिव भट्टराईले स्वर्ग सबै संगै जाने र लाने बताए । यस्तै संविधान संशोधनका विषयमा उनले प्रधानमन्त्रीको सहभागितामा संविधान संशोधन हुने बताए । देशलाई अग्रगमनमा लैजान आफूहरुले संविधान संशोधनको कुरा उठाएको समेत उनले बताएका छन् ।
प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले प्रचण्डको सहभागितासहित संविधान संशोधन गर्न चाहेको बताए ।

प्रधानमन्त्री प्रचण्डलेअहिले विहान ११ वजे विश्वासको मत लिदै

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदमा विश्वासको मत लिदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको बताईएको छ ।
सरकारलाई समर्थन गरेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज नेपालको संविधानको धारा १०० को उपधारा २० अनुसार विश्वासको मत लिन लागेका हुन् ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि प्रचण्ड नेतृत्वको तत्कालिन गठबन्धन भत्किएको थियो ।
प्रधानमन्त्रीले आफ्नो १८ महिने कार्यकालमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेसहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा २७० जना सांसदमध्ये २६८ जनाको मत प्राप्त गरेका थिए । दुईजना सांसदले विपक्षमा मतदान गरेका थिए । उनलाई त्यतिबेला प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।
विश्वासको मत लिएको करिब साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित २६२ सांसदमध्ये कांग्रेससहित १७२ जनाले विश्वासको मत दिएका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी २६८ सांसदमध्ये १५७ मत प्राप्त गरेका थिए ।

त्यसपछि जसपा नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिएक थिए । त्यसबेला उनको पक्षमा १५७ मत प्राप्त भएको थियो ।
संविधानको धारा १०० को उपधारा २० बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ३० मा उपधारा १० र २० बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय रहेको छ र बहुमतको लागि १३८ मत आवश्यक पर्दछ ।तर अधिकांश दलका ससदहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने नियर्ण गरेका हंँदा प्रधान मन्त्रीको पक्षमा करीव ६३ जना सांदले मात्रै सर्मथन गर्न सक्ने आँकलन गरीएको छ ।

 

पहिरोले बगाएका दुई बस त्रिशूलीमा बेपत्ता, खोजी कार्य जारी

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएका छन् । प्रहरीले दुवै बसमा ५० भन्दा बढी यात्रु रहेको अनुमान गरेको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको बताएको छ ।
यसै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिरोले दुई वटा बस बगाएको घटनाप्रति दुख व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धार गर्न गृहप्रशासनलाई निर्देशन दिएको बताएका छन् ।

 

राष्ट्रबैंक मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको छ ः गर्भनर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले
इकोनोमिक मिडिया एसोसिएसन नेपाल इमानले राजधानीमा आयोजना गरेको ‘मौद्रिक नीति पूर्वछलफल कार्यक्रम’मा राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको र व्यावसायिक वातावरण निर्माणमा केन्द्रित हुने बताएका ।
बैंकिङ प्रणालीमा रहेको स्रोतलाई उत्पादनमा लैजाने र अधिकतम रोजगारी सिर्जना गर्ने दिशामा उपयोग गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति तय गर्ने उनले जानकारी दिए । ‘विगतमा जस्तै आगामी मौद्रिक नीति पनि अर्थतन्त्रमा बैंकिङ क्षेत्रको योगदान उच्च रहने गरी निर्माण हुन्छ,’ उनले भने ।
मौद्रिक नीतिप्रति अपेक्षा, आकांक्षा र रुचि धेरै नै रहेको उनले बताए । ‘तर मौद्रिक नीतिका सीमा छन्, यो सबैलाई थाहै छ,’ उनले भने, ‘हामी मौद्रिक नीतिले गर्नसक्ने जति गर्छौं ।’
अहिले निर्माण क्षेत्र र औद्योगिक क्षेत्रको वृद्धिदर ऋणात्मक भए पनि होटल पर्यटन र ऊर्जा क्षेत्रको वृद्धिदर उत्साहजनक रहेको गभर्नर अधिकारीले स्मरण गरे ।

ऋणीलाई ‘डेब्ट ट्रयाप’मा पर्नबाट पनि राष्ट्र बैंकले रोक्नुपर्ने र आम्दानीले किन मासिक साँवाब्याज ईएमआई तिर्न सकेका छैनन् भनेर हेर्नुपर्ने उनले बताए ।
मौद्रिक नीतिमा सुझाव राख्ने क्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओसुनिल केसीले राष्ट्र बैंकको नीति निजी क्षेत्रको उन्नति हुनेगरी तय हुनुपर्ने र निजी क्षेत्रका राम्रो भए बैंकिङ क्षेत्र आफैं राम्रो हुने धारणा राखे ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले नगद बोकेर हिँड्नेलाई अपराधीलाई जस्तो व्यवहार भइरहेकाले त्यसमा सुधार र सहजीकरण गर्नुपर्ने धारणा राखे । त्यस्तै निर्माण व्यवसायीले भुक्तानी नपाउँदा धेरै क्षेत्र प्रभावित भएका कारण साँवाब्याज तिर्नुपर्नेअवधि बढाउन पनि उनले आग्रह गरे ।
उनले चालु पुँजी कर्जा मार्गदर्शनलाई सहज बनाउन अथवा स्थगन गर्न पनि गभर्नरको ध्यानाकर्षण गराए । ‘आर्थिक मन्दीका कारण अहिले धेरै उद्योगी व्यवसायी प्रभावित भएका छन्, व्यवसायी समस्यामा परेका मात्र हुन्, भाग्दैनन्,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘यसलाई सकारात्मक हिसाबले हेरौं र उनीहरुलाई सहज अवस्थामा फर्किने वातावरण सिर्जना गरौं ।’
जग्गा तथा आवास व्यवसायी महासंघका अध्यक्ष विदुर धमलाले संघमा १८ हजार व्यवसायी आबद्ध भए पनि सयवटाले मात्र नियमित व्यवसाय गरिरहेको बताए । ‘सरकारले यो क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ र सबैलाई औपचारिक कारोबारमा ल्याउन पहल गर्नुपर्छ,’ उनले भने, ‘संस्थागत कारोबार गर्ने व्यवसायीलाई विशेष सहुलियत दिनसके धेरै क्षेत्रलाई यसले चलायमान बनाउँछ ।’

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले बिलाउन लागेको अटो व्यवसायलाई सहज अवस्थामा ल्याउन चालु पुँजी कर्जा मार्गदर्शनमा परिमार्जन गर्न माग गरे । ‘राष्ट्र बैंकले तेस्रो समीक्षामार्फत औसत भार घटाएर धेरै सहजीकरण गरेको छ,’ उनले भने, ‘अब केही नीतिगत सुधार गर्ने हो भने हामी धेरै राम्रो गर्न सक्छौं ।’

त्यस्तै गरिमा विकास बैंकका सीईओ माधवप्रसाद आचार्यले आगामी मौद्रिक नीतिले साना तथा मझौला व्यवसायीलाई विशेष व्यवस्था गर्नुपर्ने बताए । निष्क्रिय कर्जामा वर्गीकरण भइसकेपछि ६ महिनासम्म नपाइने व्यवस्थामा सरलीकरण गर्न उनले राष्ट्र बैंकको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बेस्ट फाइनान्सका सीईओ उमेशसिंह भण्डारीले फाइनान्स कम्पनीलाई ‘कन्जम्सन लोन’को सीमा बढाउनुपर्ने बताए । त्यस्तै खराब कर्जाबाट असल कर्जामा परिणत भएको कर्जालाई हेर्ने व्यवस्थामा सुधार गर्नुपर्ने उनको सुझाव छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ६० अर्बभन्दा रकम भुक्तानी पाउन नसक्दा निर्माण क्षेत्र तालाबन्दी गर्नुपर्ने अवस्थामा पुगेको गुनासो गरे । ‘राष्ट्र बैंकले बैंकको साँवाब्याज तिर्ने अवधि बढाएर असोज मसान्तसम्म पु¥याइदिए निर्माण व्यवसायीलाई ठूलो राहत मिल्ने थियो,’ उनले भने ।

पूर्वाधार क्षेत्रमा कम्तीमा १५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्न र विकास फन्ड जारी गर्न पनि उनले गभर्नरसमक्ष माग गरे । ‘कोभिडपछि लयमा फर्किन नसकेको निर्माण क्षेत्रलाई राष्ट्र बैंकबाट आवश्यक सहयोग हुने विश्वास छ,’ सिंहले भने ।
होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले ६० प्रतिशत होटल व्यवसायी भाडाका घरमा सञ्चालन भएकाले उनीहरुले सहज ढंगले कर्जा लिनसक्ने अवस्था हुनुपर्ने माग गरे । भारतीय पर्यटक बढ्दै गएकाले २५ हजार भारुको सीमामा पुनरावलोकन गर्नुपर्ने उनले बताए ।

त्यस्तै नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव ब्याजदरमा लागेको सीमाले लघुवित्त वित्तीय संस्थाहरुलाई अप्ठ्यारोमा पारेकाले पुनरावलोकन गर्न माग गरे । ‘लघुवित्तको ब्याजदरको सीमालाई वैज्ञानिक बनाइदिन अनुरोध गर्छु,’ उनले भने, ‘लघुवित्तको ब्याजदरलाई स्प्रेड रेट अथवा आधार दरमा आधारित बनाउन उपयुक्त हुन्छ ।’

कर्जाको पुनः संरचनाको सुविधा नियमित कर्जा तिर्नेले मात्र नभएर समस्यामा परेका ऋणीले पनि लिन सक्ने व्यवस्था गर्न आवश्यक रहेको उनको सुझाव छ । लघुवित्तलाई थप प्रोत्साहन गरेर भए पनि मर्जर र एक्विजिसनमा आकर्षित गर्नुपर्ने पनि उनले बताए ।

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं । सरकारले तत्कालका लागि त्रृद्धभत्तालिन राष्ट्रिय परिचयपत्र नचाहिने निर्णय गरेको छ ।तत्काल सबै वृद्ध वृद्धालाई एकैचोटी राष्टिय परिचय पत्र दिन असफल भएका कारण सरकारले तत्काल सो परिचय बिनै वृद्धभत्ता दिने निर्णय गरेको बताईन्छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारी वर्षाका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि लागू नगर्ने गरि पहल गर्न निर्देशन दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिईन ।
यस्तै, उनले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय गरेको पनि गरेको जानकारी दिईन ।

गृहमन्त्रालयका कम्युटर अधिकृत पक्राउ

काठमाडौँ ।गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्।
विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते शुक्रबार थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए।
प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो। गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते मंगलबारविष्टलाई सेवाबाट हटाएका थिए।

जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई गृहमन्त्रीले मन्त्रालयबाटै पक्रन लगाएका हुन्। भिजिट भिसामा गैरकानूनी रुपमा मान्छे पठाउने काम गरिरहेको आशंकामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। विष्टलाई मावन बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो।विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

रवि लामिछाने एक्सनम्यान भएपनि पहिलाको जस्तो छैनन्

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा। मुकुल ढकालले आफूले चिनेको जस्तो रवि लामिछाने अब नरहेको बताएका छन् ।
बुधबार र्टीबाट निलम्बित भएपछि पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछाने एक्सन म्यान भएतापनि अब पहिलाको जस्तो नरहेको बताएका हुन् ।
उनले भने, ‘हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन, ।’

उनले देश बाढीपहिरोको संकटमा भएका बेला गृहमन्त्री रवि लामिछानेले उचित संवेदनशीलता देखाउन नसकेको समेत बताए । लामिछाने पीडितको उद्धारमा खट्नुको सट्टा महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक व्यस्त रहेको उनको भनाई छ ।
उनले भने,‘देशमा बाढी पहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन । उहाँ महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।’

 

निरन्तरको वर्षाले पुर्यायो देशका विभिन्न भागमा क्षति

काठमाडौँ ।निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षार्कै कारणपहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध
भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गे पुल र सिमलतालमा
पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।त्यस्तै वर्षाकै कारण पहिरोलेपुरीएको
पथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरो खसिरहेको छ । सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्ने छ । यसैबीच, स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक यो सडकबाट यात्रा नगर्नअनुरोध गरेको छ । वर्षाकैकारण
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ । गएरातिको भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो । मालढुंगादेखि बेनी सम्मको १३ किलोमिटर लामो बाटोको कुश्मा नगरपालिका– १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहरो खसको छ ।

यस्तो छ संघीय संसद अन्तरगत पर्ने दुवै सदनको बैठकको कार्यसूची ः

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।
अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नेछन् ।
भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७७ मा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

नयाँ सरकार गठन बारे राष्टपति अन्यौलमा

काठमाडौँ । राजनीतिक दलहरूबीच अबको सरकार संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत बन्ने कि ३ अन्तर्गत भनेर बहस चलिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले अन्यौल प्रकट गरेका छन्
गृहजिल्ला तनहुँको एक टोलीसँगको बुधबार शीतल निवासमा भएको अनौपचारिक भेटघाटमा राष्ट्रपति पौडेलले संविधानको कुन धाराअन्तर्गत नयाँ सरकार गठन हुन्छ भन्नेबारे अन्यौल व्यक्त गरेको एक सहभागीले बताए । प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि नयाँ प्रधानमन्त्री नियुक्तिमा राष्ट्रपतिको चासो रहेको छ । शीर्ष नेताहरूसँग आफ्नो संवाद हुन नसकेका कारण अब विश्वासको मतको प्रक्रिया सकिएपछि नै त्यसबारे छलफल हुने भनाई उनको छ।
भेटका सहभागीका अनुसार राष्ट्रपतिले शीर्ष नेताहरूसँग संवाद गर्न खोजेका छन् । यद्यपि काँग्रेस र एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र विश्वासको मत पाइसकेको र यसबीचमा चौथोपटक विश्वासको मत लिन लागेकाले अब धारा ७६ को उपधारा ३ आकर्षित नहुने बताएका छन् ।
धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिन नसक्दा मात्र उपधारा ३ बमोजिम ठूलो दलको नेता प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ । तर, यसपटक प्रधानमन्त्रीले धारा ७६ को उपधारा ४ बमोजिम नभएर धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

सुदामा ताजा समाचार

मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबैक्षेत्रको सक्रिय भूमिका आवश्यकःसभामुख...

काठमाडौँ, जेठ १६ गते । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा...

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख...

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान...