सोलुखुम्बु। चालु आर्थिक वर्ष २०८०र०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् ।
२०८० साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार चार सय दुई जना विदेशी र सात हजार पाँच सय ७७ जना नेपाली छन् ।
यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार नौ सय ७६ जना र सबैभन्दा कम साउनमा दुई सय आठ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो ।
चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले रु १३ करोड ६५ लाख सात सय राजस्व सङ्कलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाँच सय र अन्य विदेशीबाट प्रतिव्यक्ति रु तीन हजार रुपैयाँ लिने गरेको छ । सो अवधिमा सात हजार पाँच सय ७७ नेपाली, छ हजार तीन सय आठ सार्क मुलुकका र ४२ हजार ९४अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
एक वर्ष १ महिनामा ५५ हजार बढी पर्यटक ले गरे खुम्बुक्षत्र्मा भ्रमण
मिसेस ब्युटी क्वीन नेपाल २०२४ अडिसन सम्पन्न
काठमाडौँ । विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न भएको छ । उक्त अडिसनवाट १५ जना छनौट भएका छन् ।
उपत्यका लगायत मोफसलका विभिन्न ठाउवाट काठमाडौं आउनु भएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन ।
विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न का लागिकार्यक्रम गर्न लागिएको उनले बताइन ।
उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरी सकिएको छ ।
स्पेन युरो कपको फाइनलमा
काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा
July 10, 2024
Share on Facebook Tweet on Twitter
काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।
स्पेनलाई फाइनल पुर्याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेका थिए ।
खेलको नवौं मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए।
त्यसको चार मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन । स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिचको विजेतासँग सोमबार बिहान उपाधिका लागि खेल्नेछ।
स्पेनलाई फाइनल पुर्याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेका थिए ।
खेलको नवौं मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए।
त्यसको चार मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन । स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिचको विजेतासँग सोमबार बिहान उपाधिका लागि खेल्नेछ।
निर्माण व्यवसागिद्धारा भुक्तानी नपाएको गनासो
काठमाडौं । सोमबार चालु आवका लागि भुक्तानी दिने अन्तिम दिन भएपनि निर्माण व्यवसायीले पाउने रकम भुक्तानी नपाएको गुनासो गरेका छन् । व्यवसायीहरुका अनुसार नयाँ र पुरानो गरेर करिब ६० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी भएपनि सरकारी अधिकारीहरुले आफू निकटकालाई केही रकम मात्र भुक्तानी गरेको छन् ।
सरकारले स्रोत सुनिश्चिततादेखि अन्य वहाना बनाएर भुक्तानी रोक्दै आएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले भुक्तानीमा सहजीकरण नगरेको बताए ।
‘केही भुक्तानी भएको छ तर सरकार निकट वा कर्मचारी निकटका व्यवसायीहरुको न्यून रकम मात्र भुक्तानी भएको छ । मन्त्रीज्यूले मैंले काम रोकेको छैन भन्नुहुन्छ, मन्त्रालयका सचिवज्यूले कर्मचारीलाई काम लगाउन सकिएन भन्नुहुन्छ । हामीलाई अलमल्याउने काम भइरहेको छ ।
‘सडकबाट १३ अर्बको रकमान्तर भएको छ । सिंचाइ, खानेपानीलगायतबाट पनि काम अघि बढेको छ तर मन्त्रालयहरुले काम गरिररहेका छैनन्,’उनले भने । उनका अनुसार व्यवसायीहरुको एउटा टोली सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएको थियो ।
प्रधानमन्त्री दाहालले अर्थसचिव मधुकुमार मरासिनीलाई टेलिफोन गरी भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएका थिए । तर, सचिव मरासिनीले स्रोत सुनिश्चितता र कर्मचारीलाई काम लगाउन नसकेको जवाफ फर्काएका थिए ।
सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन भएर म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई नयाँ–पुरानो गरी ६० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको सिंहको दाबी छ ।
काठमाडौं । सोमबार चालु आवका लागि भुक्तानी दिने अन्तिम दिन भएपनि निर्माण व्यवसायीले पाउने रकम भुक्तानी नपाएको गुनासो गरेका छन् । व्यवसायीहरुका अनुसार नयाँ र पुरानो गरेर करिब ६० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी भएपनि सरकारी अधिकारीहरुले आफू निकटकालाई केही रकम मात्र भुक्तानी गरेको छन् ।
सरकारले स्रोत सुनिश्चिततादेखि अन्य वहाना बनाएर भुक्तानी रोक्दै आएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले भुक्तानीमा सहजीकरण नगरेको बताए ।
‘केही भुक्तानी भएको छ तर सरकार निकट वा कर्मचारी निकटका व्यवसायीहरुको न्यून रकम मात्र भुक्तानी भएको छ । मन्त्रीज्यूले मैंले काम रोकेको छैन भन्नुहुन्छ, मन्त्रालयका सचिवज्यूले कर्मचारीलाई काम लगाउन सकिएन भन्नुहुन्छ । हामीलाई अलमल्याउने काम भइरहेको छ ।
‘सडकबाट १३ अर्बको रकमान्तर भएको छ । सिंचाइ, खानेपानीलगायतबाट पनि काम अघि बढेको छ तर मन्त्रालयहरुले काम गरिररहेका छैनन्,’उनले भने । उनका अनुसार व्यवसायीहरुको एउटा टोली सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएको थियो ।
प्रधानमन्त्री दाहालले अर्थसचिव मधुकुमार मरासिनीलाई टेलिफोन गरी भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएका थिए । तर, सचिव मरासिनीले स्रोत सुनिश्चितता र कर्मचारीलाई काम लगाउन नसकेको जवाफ फर्काएका थिए ।
सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन भएर म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई नयाँ–पुरानो गरी ६० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको सिंहको दाबी छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कुनधारा अन्तर्गत नयाँ सरकार गठनका लागि आह्वान गर्लान ?
काठमाडौं । यही शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि नयाँ सरकार गठनको औपचारिक रुपमा बाटो खुला हुनेछ । अहिलेसम्मको परिवेशअनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने सम्भावना देखिँदैन । कांग्रेस र एमालेले गरेको सहमतिअनुसार संविधानको धारा ७६ को उपधारा २ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् । यद्यपि राष्ट्रपति रामचन्द्र पौडेलले कुन धाराअन्तर्गत नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् भन्ने कुरा यतिबेला आम सरोकारवालाहरु बीच चर्चा , जिज्ञासा रबहसको विषय बनेको छ ।यसै बिच
नयाँ सरकार गठनका लागि दुई राजनीतिक दलबीच मन्त्रालयको भागवण्डामा मोटामोटी सहमति पनि बनिसकेको छ । प्रधानमन्त्रीबाहेक एमालेको भागमा ९ र कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति बनेको छ । यी दुई दलबीच मन्त्री बनाउने मापदण्ड पनि लगभग फाइनल भइसकेको बताइन्छ । पहिला पटकपटक मन्त्री नबनेका र युवालाई अवसर दिइने सहमति बनेको छ ।
एमालेले मन्त्री बन्ने ६ जनाको नाम फाइनल गरिसकेको छ । एमालेले यसपटक तीनजना महिलासहित योगेश भट्टराई, एलपी साँवा र पदम गिरीलाई अवसर दिनेछ भने विद्या भट्टराई, सुनिता बराल र अन्जान शाक्य पनि मन्त्री बन्ने लिस्टमा छन् । एमालेको भागमा परेको चर्चित अर्थ मन्त्रालयको भने टुंगो लागिसकेको छैन । यसअघि अर्थमन्त्री बनिसकेका सुरेन्द्र पाण्डे वा विष्णु पौडेल वा नयाँ कोही अर्थमन्त्री बन्ने सम्भावना बराबर रहेको एमालेका एक नेताले जानकारी दिए ।
कांग्रेस भने महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । महामन्त्री गगनले चित्तबुझ्दो मन्त्रालय नपाए कांग्रेसबाट सरकारको नेतृत्व नगर्न सक्ने सम्भावना पनि त्यत्तिकै रहेको समाचारस्रोतको दाबी छ । महामन्त्री थापा उपप्रधानसहित स्वास्थ्य अथवा भौतिक पूर्वाधार मन्त्री बन्ने सम्भावना छ । समाचारस्रोत भन्छ, कांग्रेसबाट डा। आरजु राणा देउवा र रमेश लेखकको नाम फाइनल जस्तै हो । आरजुले परराष्ट्र र लेखकले गृहमन्त्रालयमा दाबी गरेका छन् । तर, गृहमन्त्रालयमा रामहरि खतिवडाको पनि दाबी रहेको छ ।
सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई समेत समेट्ने गरी ६ जना मन्त्री सरकारमा पठाउने छन् भने शेखर कोइराला र राष्ट्रपति रामचन्द्र पौडेलको १–१ जना, महामन्त्री गगनले थप एकजना सहयोगीलाई मन्त्री बनाउने सम्भावना छ । सभापति देउवाले रमेश लेखक, आरजु देउवा, रामहरि खतिवडा, किशोरसिंह राठोर, बीरबहादुर बलायर, अजय चौरासिया, ईश्वरी न्यौपाने, सुशीला थिङमध्येबाट मन्त्री बनाउने छन् । सभापति देउवा इतर समूहबाट डा। चन्द्रकान्त भण्डारी, जीवन परियार, राजन केसी, प्रदीप पौडेल, बद्री केसी, तेजुलाल चौधरीमध्येबाट मन्त्री बन्ने सम्भावना छ ।
काठमाडौं महानगरको आर्थिकवर्ष २०८१ ÷ ८२ का लागि ल्याएको बजेट सर्वसम्मत पारित
काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८१ ÷ ८२ का लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ ।
नगरसभाको १५औं अधिवेशनको ५औं बैठकमा प्रमुख बालेन साहले निर्णयार्थ पेस गर्दा बजेटसर्वसम्मत पारित भएको हो ।
काठमाडौं महानगरले १० असारमा आगामी आवका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको थियो ।
महानगर उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तत गरेको बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखेको छ ।
महानगरले आगामी आवको स्रोतका लागि स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख खर्च हुने गरी विनियोजन गरेको छ । यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख विनियोजन भएको छ ।
पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ ३ अर्ब ८१ करोड, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड विनियोजन गरेको छ ।त्यसै गरी
महानगरले आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख उठाउने लक्ष्य राखेको छ । राजस्वका स्रोतहरूमा महानगरले ससर्त अनुदान संघबाट १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख स्रोत अनुमान गरेको छ ।
संघीय राजस्व बाँटफाँटबाट १ अर्ब ९९ करोड र प्रदेशको राजस्व बाँटफाँट ५५ करोड राजस्व अनुमान महानगरले गरेको छ । स्थानीय राजस्व बाँटफाँटबाट १० करोड अनुमान गरेको छ । समानीकरण अनुदानतर्फ संघबाट ८० र प्रदेशबाट १० करोड अनुमान गरेको छ ।
महासङ्घको विधान कार्यसमितिबाट सर्वसम्मतले पारित,एक अध्यक्ष र्र , दुईजना वरिष्ठ उपाध्यक्ष प्रत्यक्ष निर्वाचनबाटै चयन हुने
ठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान थियो ।
सो विधानलाई महासङ्घको कार्य समितिले सर्वसम्मत संशोधन गरेपछि अब महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको विधान कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष नै निर्वाचनबाट चयन हुने भएको जानकारी दिनुभयो ।
उहाँले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भएपनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गर्नुभएको थियो।
यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताउनुभयो।
यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ । संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।
महासङ्घको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारणसभाले पारित गर्ने महासङ्घले जनाएको छ ।
अबको सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्नेमा कुनै दुई मत छैन ः शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने दाबी गरेका छन् । संविधानको कुन धाराअनुसार सरकार बन्छ भन्ने अलमलमा नपर्न उनले आग्रह गरे ।
‘मिडियाहरूमा आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने । म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु( यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ ,२ कै सरकार हुन्छ । यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईँहरूको माझमा राख्न चाहन्छु,’ काठमाडौँको जोरपाटीमा मङ्गलवार भएको खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा कोइरालाले भने ।
संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्ने व्यवस्था छ भने उपधारा ३ मा संसद्को ठुलो दलको संसदीय दल नेताको नेतृत्वमा सरकार बन्ने व्यवस्था छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दल नेकपा माओवादी केन्द्रका सांसदहरूले ७६, २ अनुसार प्रधानमन्त्री नियुक्त भएका दाहालले सांसदबाट विश्वास मत प्राप्त गर्न नसके उपधारा ३ अनुसार सरकार गठन हुने दाबी गरिरहेका छन् । तर सर्वोच्च अदालतका नजिरले सम्भव भएसम्म उपधारा २ अनुसार सरकार बनाउन बाधा नपुग्ने भनिसकेको छ ।
देशका समस्याहल गर्न कांग्रेस–एमाले एक भयोै.ः प्रकाशशरणमहत , कांग्रेस सांसद तथा पूर्व अर्थमन्त्री
काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथापूर्वअर्थमन्त्रीडा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताउनु भएको छ ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले काँग्रेस एमाले मिल्नुपरेको बताउनुु भयो ।
उहाँले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताउनु भयो संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएको पनि बताउनु भयो ।













