Page 15

देश अप्ठेरोमा परेका बेला कांग्रे – एमाले एक ठाँउमा आउने गरेका छन् ः योगश भट्टराई

काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस(एमाले एक ठाउँमा आउने गरेको बताएका छन् ।
देश आर्थिक रूपमा संकटमा रहेको, संविधानका केही विषयलाई सुधार गरेर अगाडि जानुपर्ने परिस्थिति बनेकाले कांग्रेस(एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन् ।
उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अवसर दिन आफूहरू सरकारमा बसेर सहयोग गरेको बताउँदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको आरोप लगाए ।
उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस(एमाले मिलेर काम गर्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउँदै संवैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै संसदबाट राजीनामा गर्नु नै सही निर्णय हुने बताउँदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो भन्दै प्रश्न गरेका थिए ।

बाढी पीडितको उद्धारमा सक्रिय हुन प्रधानमन्त्रीको सरकारलार्इ निर्देशन र अन्य संघ सस्थालाई अनुरोध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन ।
सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि उनले अनुरोध गरेका छन ।
‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशित गर्दछ ।’ प्रधानमन्त्रीद्धारा जारी सूचनामा उल्लेख छ ।
यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनीकरण गर्न सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्व तयारीको काम गरिरहेको उनको दाबी छ ।

गण्डक व्यारेजका सर्बै ढोका खालिए,पानीको बहाव निरन्तर बढ्दै

नवलपरासी । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासीबर्दघाट–सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध ब्यारेजका सबै ढोका खोलिएका हुन् ।
गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिएका छन । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उनले जनाए । आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको अधिकृत हरिजनले जानकारी दिए ।
नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ । अधिकृत हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा छ । गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत हरिजनले जनाए।
गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव ६ लाख क्युसेकसम्म धान्न सक्ने जनाईएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ ।

चनौटे बजारको बेलिबिज जोखिममा

लगातारको वर्षापछि सिन्धुपाल्चोक हेलम्बु स्थित चनौटे बजारमा रहेको बेलिब्रिज जोखिममा परेको छ।
हेलम्बुको वडा नम्बर २ र ७ जोड्ने एकमात्रै पुल जोखिममा परेपछि त्यसलाई जोगाउन छेउछाउमा ठुल्ठूला ढुंगा हालिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए।
२०७८ साउन १६ को भलबाढीले यहाँको पुल बगाएको २०७८ मै सेनाले बेलिब्रिज बनाएको हो।
बाढीले क्षति पुर्‍याएमा मेलम्चीको हेडवर्क्ससँगको पहुँच टुट्नेछ।
त्यतिमात्रै होइन मेलम्चीको दुइटा, पाँच पोखरीको दुइटा र हेलम्बुको तीन वटा वडाबीच सम्पर्कबिच्छेद हुने अध्यक्ष ले बताए।
‘भेमाथानमा पहिरो गयो र त्यो मिसिएर आयो भने अझै खतरा हुन्छ,’ उनले भने।
शनिबार दिउँसो मेलम्चीले खतराको तह पार गरेको थियो।
मेलम्चीमा खतराको तह ५।५ मिटर तोकिएको छ। शनिबार दिउँसो जलसतह बढेर ५।५५ मिटर पुगेको थियो।
साँझसम्म जलसतह केही घटेको छ।
बाढी पूर्वानुमान महाशाखाले साँझ सवा ६ बजे मेलम्चीमा जलसतह केही घटेर चेतावनीको तहमा पुगेको छ।
अहिले मेलम्चीमा जलसतह ५।२८ मिटर छ।
पछिल्लो चौबिस घन्टामा सिन्धुपाल्चोकका धेरै स्थानमा धेरै भारी वर्षासय मिलिमिटभन्दा बढी पानी परेको छ।
मेलम्चीमा १२९ मिलिमिटर, बोल्डेमा ११९ मिलिमिटर, ढुंगेमा ११४ मिलिमिटर, बाँसखर्कमा १०६ मिलिमिटर, गोब्रेमा १०४ मिलिमिटर वर्षा मापन भएको छ।

बागमती नदीमा फसेकाह्रुको सकुशल उद्धार गरीएको डिएसपी शैलेन्द्रथापाद्धारा जानकारी

बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धार गरिएको छ।
शनिबार अपराह्न ४।.४० बजे काठमाडौं, कीर्तिपुर नगरपालिका(१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १५ जना र नम्बर १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएकाहरूमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेको बुझिएको छ।

पोखरीका माछा मर्दा कलावती जोशीलाई ६० लाख बराबरको क्षति

कैलाली। धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका माछा मरेका छन् । यसबाट झण्डै रु ६० लाख बराबरको क्षति भएको छ ।
“ पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए”, उहाँले भन्नुभयो, “माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासी कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।” उहाँका छ वटा माछा पोखरी रहेका छन् ।

यस्ता छन् कांग्रेस संसदीय दलले गरेका ४ मुख्य निर्णयहरु ः–

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
शनिबार दिउँसो संघीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमालेसँग राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो।
समीकरण फेरबदल भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।
‘संविधानको धारा ७६।.२ बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकाले प्रधानमन्त्रीले संसद्मा राख्ने विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस हुँदा विपक्षमा मतदान गर्ने निर्णय गर्दछ,’ कांग्रेस संसदीय दल बैठकको निर्णयमा भनिएको छ।
बैठकले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी ओली र दोस्रो पटक कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेगरी भएको सहमतिलाई कार्यान्वयन गर्ने दृढता पनि व्यक्त गरेको छ।
बैठकले कांग्रेस र एमालेबीच भएको उक्त सहमतिलाई राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीता लाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि भनेको छ।
बैठकको चौथो निर्णय बाढी पहिरो र डुबानमा परेकालाई सहयोगको आह्वान हो। शुक्रबारदेखि देशका अधिकांश भूभागमा मध्यदेखि भारी र अति भारीसम्म वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ।
कांग्रसले प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारसँग आग्रह गर्दै बाढी, पहिरो र डुबानका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग गर्न सबै भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध कार्यकर्ताहरूलाई आग्रह गरेको छ।

भोली किन बस्दै छ रास्वपाको बैठक ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक भोलीआइतबार बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रितहुने सचेतक निशा डाँगीले जानकारी दिइन् ।
“संसदमा बजेट अधिवेशन सकिएका छ । अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौँ”, प्रमुख सचेतक सन्तोष परियारले भने, “प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ ।”

सुदामा ताजा समाचार

मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबैक्षेत्रको सक्रिय भूमिका आवश्यकःसभामुख...

काठमाडौँ, जेठ १६ गते । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा...

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख...

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान...