Page 17

जसपाका मन्त्रीहरूले बुझाए राजीनामा

काठमाडौं ।नेकपाएमालेले नेपालीकांग्रेस सँगम मिलेर सरकार बनाउने भए पछि नेकपाएमाले , जनता समाजवादी पार्टीजसपाका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।अब रास्वपाले पनि राजीनामा दिने भएका छन ।् रास्वपा हिजै राजीनामा दिन भन्दै राजीनाममा लेखेर प्रधान मन्त्री निवास पुगेका थिए तर प्रधानमन्त्रीले केही दिन पर्खिनुहोस भने पछि राजीनाा खल्तीमा राखेर फर्किएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीकुमार यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले राजीनामा बुझाएका हुन् । जसपाकी हसिना खान स्वास्थ्य राज्यमन्त्री थिइन् ।
अशोक राई नेतृत्वको जसपाले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

जनता समाजवादील ेपनि लियो समर्थन फिर्ता

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई दिएको समर्थन फिर्ता लिने शुक्रबार जनता समाजवादी पार्टीले निर्णय गरेको हो।
प्रधानमन्त्रीलाई सम्बोधन गरेर अध्यक्ष राईले समर्थन फिर्ताको निर्णय भइसकेको जानकारी गराएका हुन्।
साथै जनता समाजवादी पार्टीले संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसमेत दिइसकेको छ। अध्यक्ष राईले अबदेखि आफूहरू प्रतिपक्षमा बस्ने जानकारी गराएका छन्।
जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए। पार्टीले समर्थन फिर्ता लिएसँगै मन्त्रीहरूले पदबाट राजीनामासमेत दिइसकेका छन्।

सरकारलाई समर्थन गर्ने दलका नेताहरु छलफलमा तर विश्वासको मत पाउन भने प्रचण्ड लाइ मुश्किल

।काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो समर्थनमा रहेका नेताहरूसँग छलफल गरेका छन् । कांग्रेस–एमाले मिलेर सरकार बनाउने गृहकार्य अघि बढेसँगै अल्पमतमा परेका प्रचण्डले आफूलाई समर्थन गर्ने दलका नेतालाई सिंहदरबार बोलाएर छलफल थालेका हुन् ।
आफूले सदनमा विश्वासको मत लिन लागेको जानकारी गराउँदै उनले सदनमा आफूमाथि अविश्वास आए त्यही अनुसार दृढतापूर्वक सामना गर्ने बताएको नेताहरुले बताएका छन् । उक्त छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, रास्वपा सभापति रवि लामिछाने, जनमतका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठ सहभागी थिए ।
प्रचण्डसँग भेटेपछि बाहिरिने क्रममा उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्छु भन्नु भएको छ । हामीले हाम्रो साथ छ भनेका छौं ।’ कांग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग प्रचण्ड सरकार अल्पमतमा परेको छ । संसदका दुई ठूला दलले राजीनामा गर्न दिएको सुझाव अस्वीकार गर्दै प्रधानमन्त्रीले संसदमै फेस गर्ने भन्दै असार २८ मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयमा समेत पत्र पठाइसकेका छन् । २७५ सदस्य रहेको प्रतिनिधिसभामा कांग्रेस एमाले मिल्दा १६७ सीट पुग्छ । बैठकमा सहभागी सबै दल मिल्दा पनि प्रचण्डले विश्वासको मत पाउने सम्भावना छैन ।

प्रधानमन्त्री दाहाल विश्वासको मत न्यून भएकै कारण सरकारबाट बाहिरीने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमालेले आफ्ना मन्त्रीहरुले पनि राजीनामा गराइसकेको छ । एमाले सकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने पावधान छ ।तर, प्रधानमन्त्री दाहालले आफूले संवैधानिक प्रावधानअनुसार सदनमा विश्वासको मत लिने भनिसकेका छन् । प्रधानमन्त्री दाहालले आफूनिकट नेताहरुसँगको छलफलपछि असार २८ गते सदनमा विश्वासको मत लिने निधो गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
विश्वासको मत लिने औपचारिकता पूरा गरेसँगै प्रधानमन्त्री दाहालन्यून मत कै कारण सरकारबाट बाहिरिने छन् । २७५ सदस्य रहेको संसदमा प्रधानमन्त्री दाहालको पक्षमा हालसम्म उनको पार्टीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ र एकीकृत समाजवादीसँग १० सिट गरी जम्मा ६३ मात्र पुग्छ । यसरी विश्वासको मत गुमाएपछि प्रधानमन्त्री दाहाल सरकारबाट हट्ने छन् ।

केइराकी लडाकू समूह इजरायल र अमेरिकाविरुद्ध लड्न तयार भएकै हो त?

काठडौं । गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ ।
इराकमा इस्लामिक प्रतिरोधका एक फिल्ड कमान्डरले लेबनानमा युद्ध बढ्ने सम्भावना रहेकोप्रति संकेत गर्दै यस्तो बताएका हुन् । एएफपीसँग कुरा गर्दै ती कमान्डरले इरान समर्थित समूहले लेबनानमा विशेषज्ञ र सल्लाहकार पठाएको उल्लेख गरे ।
यसैबीच इराकी राजनीतिक वैज्ञानिक अली अल–बैदारले यदि इजरायल र लेबनानको हिजबुल्लाह लडाकू समूहबीच ठूलो युद्ध भयो भने द्वन्द्व लेबनानको क्षेत्रमा मात्र सीमित नहुने चेतावनी दिएका छन् ।
गठबन्धनमा लेबनानको हेजबुल्लाह र यमनको हुथी विद्रोही समावेश छन् । हालैका हप्ताहरूमा इराकमा इस्लामिक प्रतिरोधले हुथीहरूसँगको सहकार्यमा इजरायलविरुद्ध ड्रोन हमलाको जिम्मेवारी लिएको छ ।
इजरायली सेनाले आक्रमणकारीको नाम उल्लेख नगरी अप्रिलदेखि पूर्वबाट थुप्रै हवाई आक्रमण भएको तर ती सबैलाई हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै रोकिएको पुष्टि गरेको छ ।

गृहसचिवअर्यालद्धारा विपद्जन्य घटना व्यवसथापन गर्न तयारीअवस्थामा रहन निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय तहहरूसँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने भएकाले प्रजिअहरूले स्थानीय तहहरूसँगको समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालको जोड दिए । ‘स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा स्थानीय तह नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय एकदमै महत्वपूर्ण छ’, उनले भने, ‘यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।’
यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरेका छन् । जिल्लामा काम गर्ने सिलसिलामा कुनै कुरामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि हरबखत तयार रहेको उनले बताए ।

नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच बैकिङ कारोबार गर्ने बार ेसम्झौता

काठमाडौं नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ।
उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका थिए ।
सो सम्झौता बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुलाइ बैंकले विशेष छुट सहितको बैंकिङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी र प्राविधिक शिक्षक र कर्मचारीहरूले बैंकिङ सुविधा पाउन का
साथै, नेपाल बैंकको सबै शाखाबाट छुट सहित आकर्षक बैंकिङ सेवा सुविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्ने छन् । साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिङ सुविधा पनि पाउन सक्नेछन् ।

 

पोखराको बिरौटामा सिटिजन्स बैंकको १९३ औं शाखा सञ्चालनमा

काठमाडौं ।राजधानीको केन्द्री स्थल नारायण हिटी पथमा केन्द्रिय कार्यलय खोली आफ्ना ग्राहकहरुको सेवामा जुटेको वित्तीय सस्था सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९३औं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १४ पुगेका छन्
बिरौटामा आयोजित एक भव्यकार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा पोखरामा थप एक शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे ।
उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ
नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डि(म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।
बिरौटामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको दिनमानै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा १७ छोरेपाटनमा अवस्थित श्री गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ ।

एमाले मन्त्रीहरुको कार्यभार प्रधान मन्त्रीको काँधमा

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । यस सँगै एमालेका आठ जनामन्त्रीहरुको कार्यभार प्रधानमन्त्री पचण्डको काँधमा पर्न गएको छ ।
एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा २० को खण्ड क बमोजिम आएको राजीनामा स्वीकृत गरी उहाँहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकोी छन् ।

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सले गरे सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि.तथा प्यासिफिक डेभलपर्स प्रा.लि.बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।
बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रा।लि।ले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिन भित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ ।

यसका साथ–साथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्स प्रा।लि।ले निमाण गर्ने परियोजनाको बैंकिङ् पार्टनरको रुपमा समेत रहनेछ ।

उक्त समझदारी पत्रमा बैंककोतर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सकातर्फबाट संचालक वेंकटेश मुन्दराले हस्ताक्षर गर्नुभएको छ ।

बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८।९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १।७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।

इको–फ्रेन्डली घररभवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी प्रत्यक्षरुपमा लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

 

सुदामा ताजा समाचार

मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबैक्षेत्रको सक्रिय भूमिका आवश्यकःसभामुख...

काठमाडौँ, जेठ १६ गते । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा...

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख...

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान...