Page 18

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत र सर्मथन दुवै दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिएको छ ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने जनाएका हुन ।
उनले संबिधान संशोधनको बारेमा दुवै दलले स्पष्ट ब्याख्या नगरेको र आफूहरुसँग पनि कुनै छलफल नगरेको जानकारी दिए ।

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा ः

काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेकोदेखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो ।
आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार छ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ ।
आज वित्त समूह शून्य दशमलव ५९ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक तीन दशमलव ४३ प्रतिशतले बढेको छ ।

बैंकिङ शून्य दशमलव ४८, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत् शून्य दशमलव २२, लगानी एक दशमलव ८९ र जीवन बीमा एक दशमलव ९७ प्रतिशतले बढेको छ । त्यसैगरी, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव २४, निर्जीवन बीमा शून्य दशमलव ५८, व्यापार शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।
आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव ७५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु तीस करोड नौ लाख चार हजार छ सय ९४ बराबरको कारोबार भएको छ । ।

एकिकृत माजवादी को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्व सम्मत भएका छन् । पार्टी महाधिवेशनको बन्द सत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् ।त्यसै गरी
सम्मानि नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् ।सुरुमा तीनै नेताले अध्यक्षमा दावी गरे पनि महाधिवेसन प्रतिनिधिहरुले समेत माधव कुमार नेपाललाईनै अध्यक्ष बनाउन सुझाव दिए पछि नेपाल सर्वसम्मत अध्य हुने भएका हुन अन्य पदाधिकारी र सदस्यको नाम भोलि विहान १० बजेपछि टुङ्ग्याउने निर्णय भएको छ ।

 

पर्सामा आईपीभी खोप सत्प्रतिसले लगाएको दावी

पर्सा । पर्सामा पोलियो रोगविरुद्धको आईपीभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर्साले गत यही जेठ १३ देखि २७ गतेसम्म पोलियो खोप अभियान सञ्चालन गरेको थियो ।
पर्सा स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले जिल्लामा पोलियो रोगविरुद्धको आईपीभी खोपमा बालबालिकाको उत्साहजनक सहभागिता रहेको बताए । “जिल्लाको १४ वटै पालिकामा आईपीभी खोपमा बालबालिकाको सहभागिता निकै उत्साहप्रद रह्यो”, उनले भने, “हामीले खोप लगाएका बालबालिकाको प्रारम्भिक तथ्याङ्कले पनि शतप्रतिशतकै हाराहारीमा पुग्ने देखिएको छ । अहिलेसम्म अन्तिम तथ्याङ्क भने आइसकेको छैन ।”
विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर पनि आईपीभी खोप लगाउन बञ्चित बालबालिकालाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिएको थियो ।
प्रमुख डा साहले खोप अभियानमा लक्ष्यभन्दा पनि केही प्रतिशत बढी बालबालिकामा खोप लगाइएको दाबी गरे । “वीरगञ्जमा अन्य क्षेत्रबाट बालबालिका आउने क्रम धेरै हुने भएकाले पनि लक्ष्यभन्दा धेरै बालबालिकाले खोप लगाउन पाएका छन्”, उनले भने, “खोप अभियानका क्रममा कुनै पनि प्रकारको अवाञ्छित घटना भएन । सबै निकायको समन्वय र सहकार्यमा खोप अभियानलाई सफलतापूर्वक अघि बढाउन सक्यौँ ।”

पर्सामा पहिलो चरणमा जेठ १३ देखि १६ गतेसम्म वीरगञ्ज महानगरको १ देखि १६ सम्मको वडामा खोप अभियान सञ्चालन गरिएको थियो । त्यस्तै सोही अभियानमा बहुदरमाई नगरपालिका सहित विन्ध्वासिनी , पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोबिनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो ।
त्यस्तै दोस्रो चरणमा भने जेठ २३ देखि २६ गतेसम्म सञ्चालन गरिएको थियो । सोही अभियानमा पोखरिया र पर्सागढी नगरपालिका सहित जिराभवानी , जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाका बालबालिकाममा खोप लगाइएको थियो । सोही अभियानमा वीरगञ्ज महानगरपालिका–१७ देखि ३२ नम्बर वडा क्षेत्रमा खोप लगाइएको थियो । यस्तै, जेठ २७ गते छुटफुट भएका बालबालिकालाई खोप लगाइएको थियो । पोलियो रोगविरुद्धको खोप दुई प्रकारका रहेका हुन्छन् । मुखबाट खुवाइने पोलियो खोप ९ओपिभी० सुईबाट दिइने पोलियो खोप आईपीभीभन्ने गरिन्छ ।

एकिकृत समाजवादीको, अध्यक्षमा कस्लेमार्ला बाजी ?

काठमाडौँ । एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया आज सुरु हुँदै छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको सम्मानित नेता झलनथ खनालले जानकारी दिए ।
महाधवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन् । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष माधवकुमार नेपाल र निवर्तमान महासचिव घनश्याम भुसाल दाबेदार छन् । सहमतिको प्रयास पनि जारी रहेको नेताहरूले दाबी गरेका छन् । पदाधिकारीमा सहमति र केन्द्रीय कमिटी सदस्यका लागि निर्वाचन हुने सम्भावना बढी रहेको नेताहरू बताउँछन् । पदाधिकारीमा सहमति नभए प्यानल प्रतिस्पर्धाको तयारी रहेको एक नेताले जानकारी दिए । ‘सहमतिको प्रयास जारी छ । सहमति हुन सकेन भने माथिदेखि तलसम्मै प्यानल बन्ने सम्भावना छ,’ ती नेताले भने ।

दस्ताबेजमाथि समूहको निष्कर्ष प्रस्तुत गर्दै समूह नेताहरूले पनि सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका छन् । समूह नेताहरूले अध्यक्ष र महासचिवसहितको पदमा सर्वसम्मत गरेर सम्मानित नेतालाई थप अधिकार दिन सुझाव दिएका छन् । दस्ताबेजमाथि छलफल गर्न १२ वटा समूह बनाइएको थियो । समूह नेताहरूले नीतिका साथै नेतृत्वको विषयमा पनि सुझाव दिएको प्रचार विभाग सचिव प्रकाश खतिवडाले बताए । ‘स्वाभाविक रूपमा नीतिका साथै नेतृत्वको विषयमा पनि सुझाव आयो । बिहीबारबाट निर्वाचन प्रक्रिया सुरु हुन्छ । अहिले सहमतिको प्रयास जारी छ,’ उनले भने ।
प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् ।

भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्ने भएको छ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने भएको छ । सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन् । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको सामना गर्ने तर राजीनामा नदिने

काठमाडौं। नयाँ सत्ता समीकरणमा सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालले मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
तर प्रधानमन्त्री प्रचण्डलेआग्रहको वेवास्ता गर्दृै राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने बताएका छन् । उनको यो भनाईपछि अब नयाँ सरकार गठन प्रकृया कसरी अघि बढ्छ भनेर विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएमा वा प्रतिनिधिसभामा विश्वासको मत नपाएर पदमुक्त भएमा नयाँ सरकार गठनको प्रकृया सुरु हुनेछ ।
नेपालको संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।
राजीनामा नदिएमा विश्वासको मत लिने अधिकतम अवधिसम्म प्रधानमन्त्रीलाई सरकारमा रहने संवैधानिक आधार छ । तर त्यसअघि नै राजीनामा दिएमा भने नयाँ सरकार गठन प्रकृया अझ छिटो अघि बढ्नेछ ।
सम्वैधानिक कानुनका जानकारहरुले भने प्रधानमन्त्रीसँग विश्वासको मत लिने सम्वैधानिक अधिकार भएपनि आफ्नो सरकारमा सहभागी दलले नयाँ गठबन्धन बनाएकोले आफूसँग विश्वासको मत अर्थात् बहुमत छैन भन्ने देखेपछि राजनैतिक
प्रतिनिधिसभा विघटन र प्रदेश सरकार गठनका केही विवादमा सर्वोच्च अदालतले विश्वासको मत पाएको प्रधानमन्त्रीले राजीनामा दिएमा वा पदमुक्त भएमा फेरि शुरुदेखि नै सरकार गठनको प्रक्रिया शुरु गर्नुपर्ने भनी व्याख्या गरेको थियो । पछिल्लो पटक कोशीको फैसलामा समेत त्यसले निरन्तरता पायो ।

सिद्धान्ततः प्रधानमन्त्रीले विश्वासको मत लिने कि नलिने भन्ने उहाँको सम्बैधानिक अधिकारको कुरा भएकाले तत्काल राजीनामा दिन आवश्यक नभएको तर्क पनि कतिपय कानुनविद्को छ ।

उनीहरुका अनुसार अब संविधानको धारा ७६,३०अनुसार सरकार गठन प्रक्रिया अघि बढ्ने छ । संविधानको धारा ७६,३०मा दुई वा बढी दलले संयुक्त सरकार बनाउन नसकेमा प्रतिनिधिसभामा सबैभन्दा बढी सिट भएको दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नसक्ने व्यवस्था छ । प्रचण्ड संविधानको धारा ७६,२० अनुसार प्रधानमन्त्री बन्नुभएको थियो ।

नयाँ सत्ता समीकरणमा सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालले मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । तर प्रधानमन्त्रीले राजीनामा नदिने सङ्केत दिएपछि नयाँ गठबन्धनले अरु नै कदम चाल्नसक्ने विश्लेषण पनि गरिएको छ ।

 

लोसपाले नयाँ गठबन्धनलाई साथ दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । कांग्रेस सभापति देउवाले गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको अध्यक्ष ठाकुरले बैठकमा ब्रिफिङ गरेका थिए ।

प्रधानन्त्रीलाई मार्ग प्रशस्त गरीदिन कांग्रेस–एमालेको आग्रह

कांग्रेस–एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई मार्गप्रशस्त गर्न आग्रहगरेका छन् ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेको हो
बैठकपछि प्रमुख सचेतक रमेश लेखकले अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए।
‘अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गरिदिन हामीले आज प्रधानमन्त्रीलाई आग्रह गरिएको छ,’ उनले भने, ‘एमालेले पनि प्रधानमन्त्रीलाई अनुरोध गरिसकेको छ। प्रधानमन्त्रीले मार्गप्रशस्त गरेमा तुरून्त नयाँ सरकार बन्छ।

रक्षक प्रहरी नै भक्षक भए पछि पुर्व पक्षका लागि थुनामा

काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक इन्स्पेक्टर विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो ।

बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो ।

नागढुंगा–नौबिसे सडकखण्ड मा राती सवारी आगमन पुरै बन्द गरीने

काठमाडौँ । त्रिभुवन राजमार्ग नागढुंगा–नौबिसे सडक खण्डबुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको छ ।तर एम्बुलेन्स र सुरक्षा निकायले चलाउने सवारी साधन लाई भने रोक लागाएको छैन ।
जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ ।
नौबिसे खोलाको पुलमा काम गर्न सहज बनाउनु साथै सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनलाई रोक लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

 

सुदामा ताजा समाचार

मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबैक्षेत्रको सक्रिय भूमिका आवश्यकःसभामुख...

काठमाडौँ, जेठ १६ गते । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा...

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख...

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान...