Page 12

बंगलादेशको् कार्यभार युनुसको काँधमा

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा। मोहम्मद युनुस नियुक्त भएका छन । यससँगै बंगलादेशको कार्यभाारउनको काँधमा पर्न गएको हो ।
नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन ।
मंगलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।
यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद् भंग गरेर अन्तरिम सरकार गठनको बाटो बनाएका थिए ।
८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

सर्वोच्चको निर्देशनात्मक आदेश पछिसमानुपातिक निर्वाचन कानुन संशोधन गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्चले अदालतले समानुपातिक निर्वाचन प्रणाली लक्षित वर्गको प्रतिनिधित्व सुनिश्चितता गर्न निर्वाचन कानुनमा यथोचित पुनरावलोकन गर्ने सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेसँगै अब समानुपातिक निर्वाचन कानुन संशोधन गर्ने बाटो खुलेको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भएको रिटको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले मंगलबार सर्वोच्चले अदालतले समानुपातिक निर्वाचन प्रणाली लक्षित वर्गको प्रतिनिधित्व सुनिश्चितता गर्न निर्वाचन कानुनमा यथोचित पुनरावलोकन गर्ने सरकारको नाममा निर्देशनात्मक आदेश दिएको हो ।
२०८० फागुन ३० मा भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले आउने चुनावअघि प्रतिनिधि सभा तथा अन्य तहका निर्वाचन सम्बन्धी कानुनहरू पुनरावलोकन गर्न निर्देशनात्मक आदेश दिएको छ । पछाडि परेका वर्गलाई निर्वाचित पदमा पुर्‍याउने गरी विभिन्न तहका निर्वाचन सम्बन्धी कानुनहरूको पुनरावलोकन गर्नुपर्ने सर्वोच्चले फैसला गरेको पूर्ण पाठमा उल्लेख गरिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले समानुपातिक निर्वाचनबाट निर्वाचित ११० सांसदहरू आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछि परेका नभई आर्थिक रूपले सम्पन्न, उच्च शिक्षा हासिल गरेका, पटकपटक सांसद मन्त्री भएका, उच्च सामाजिक अवस्था भएका व्यक्तिहरू रहेकाले उनीहरूको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलासले यस्तो फैसला सार्वजनिक गरेको हो
संविधान र कानुन अनुसार नै समानुपातिक सांसदहरू निर्वाचित भएको देखिएको भन्दै फागुन ३० गते उक्त रिट खारेज गर्ने आदेश गरेको छ । सोही फैसलाको पूर्णपाठमा समावेशी सिद्धान्तको कार्यान्वयनका लागि संविधानको मर्म र भावना अनुरूप निर्वाचन सम्बन्धी कानुन पुनरावलोकन गर्न आवश्यक रहेको ठहर गरेको हो ।

पूर्वाधार विना विकास गर्न सकिदैन ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएका चुनौती सबै कानूनी रुपमा समाधान गर्नुपर्ने बताएका छन् ।
प्रधान मन्त्री ओलीलेभौतिक मन्त्रालयको वार्षिक प्रगति समीक्षालाई सम्बोधन गर्दै विकास गर्नको लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्ने बताएका हुन्।
उनले भने, ‘हामीले विकास गर्नुछ भने पहिले पूर्वाधार तयार गर्नुपर्छ, कुनै काम गर्नु छ भने त्यस कामको पूर्वाधार तयार हुनैपर्छ, पूर्वाधार नै तयार छैन भने काम अगाडि बढ्नै सक्दैन, आधार नै छैन, पूर्वाधार भनेको हामीले विकास भन्दा अगाडि विकासका पूर्वाधार जस्तै क्याम्पस चलाउनुपर्छ भने सबैभन्दा पहिले पूर्वाधारका पक्षहरु भवन, शिक्षक तथा अन्य सबै पूर्वाधार तयार गर्नैपर्छ ।’

गल्ति सम्झदै पछ्ताउदै प्रण्ड

काठमाडौं । सत्ताकेन्द्रित राजनीति गरेर सरकारबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछ्ुतोमा रेका छन् । कांग्रेस र एमालेलाई छक्याउँदा र झुक्याउने क्रममा थाकेर सरकारबाहिर आएका प्रचण्ड अहिले विगतमा गरेका गल्तिहरुको आत्माआलोचना गर्दै पछुतोमा परेका हुन् । माऔवादीले आगामी निर्वाचन २०८४ मा एक्लै निर्वाचनमा लडेर विजय गर्ने खोक्रो अभिव्यक्ती दिएपनि त्यो संभावना नरहेको तितो महशुस गर्दै प्रचण्ड अहिले नेता तथा कार्यकर्ताहरुसँग बिलौना गाइरहेका छन् । सत्ताको राजनीतिक वृतलाई षड्यन्त्रकारी ढङ्गबाट घुमाइरहेका प्रचण्डको प्रधानमन्त्री पद खुस्किएपछि पार्टी निर्माणका क्रममा जनतासमक्ष पुगेपछि आफुले सत्तामा हुँदा ठूलो गल्ति गरेको महशुस उनले गरेका छन् ।
बिराटनगरमा चलेको पार्टी पदाधिकारी बैठकमा मंगलबार प्रचण्डले पार्टी निर्माणको अभियानमा जनताको कुरा सुन्न आफू देशव्यापी रुपमा हिँड्ने बताए । उनले यसअघि पनि सोही कुरा बताउँदै आएका थिए । पार्टी पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले माओवादीसँग जनतासँगको विश्वास गिरेकाले जनताको मनको भावना बुझ्न देशभरी अभियान लिएर डुल्ने उनको भनाइ छ ।
मंगलबार कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू प्रदूषित भएको आत्मालोचना गरे । उनले आफुमात्र प्रदुषणमा नफसेको बताउँदै नेता कार्यकर्ताहरु समेत प्रदुषणमा फसेको उल्लेख गरे । सत्तामा हुँदा प्रचण्डले कहिल्यै आफुले गरेको गल्तिको पर्दाफास गरेका थिएनन् , उनले आफुले गरेका गल्तिहरुलाई लुकाउने प्रयासमा लामो समय बिताए। प्रचण्डलाई नेता तथा कार्यकतासहित जनताका माझमा पुग्दा जनताले माओवादीको कार्यशैली र नैतिकताका बारेमा आन्तरिक टिप्पणी उठाएपछि प्रचण्ड पछुतोमा परेका हुन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालका पिताको निधन

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पूजनीय पिता श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा श्रावण २१ गते सोमबार उनको निवास सानेपामा स्वर्गारोहण भएको खबरले नेपाल उद्योग परिसंघलाई स्तब्ध बनाएको छ ।

औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल रहेका छन् । सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहेएका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन् ।

‘सैन्यु कू’ मा बुबासहित परिवारका अधिकांस सदस्य गुमाएकी हसिनाको अप्रत्यासित पलायन ः बीबीसी

काठमाडौं । सन् १९७५ मा सैन्य कूका बेला बुवा शेख मुजिबुर रहमानसतिह परिवारका अधिकांश सदस्य गुमाएकी शेख हसिनाको अप्रत्यासित पलाएन भएको छ। ५० वर्षअघि सैन्य कूका बेला हसिनाका बुबासहित परिवारको अघिकांस सदस्यको हत्या हुँदा पनि उनी भने भारतमा भएका कारण बचेकी थिइन्।

विद्यार्थी आन्दोलनले उग्ररुप लिँदै निवासमै पसेपछि हसिना पुनः उही देश भारत पुगेकी छन्। जुन देशमा उनी ५० वर्ष अघि जोगिन सफल हुँदै राजनीतिमा पाइला अगाडी बढाएकी थिइन्।शेख मुजिबुर सन् १९७५ सम्म देशको राष्ट्रपति थिए। त्यही समयमा उनको हत्या भएको थियो।त्यति बेला हसिना र उनकी बहिनी निर्वासनमा बस्न भारत गए।

सन् १९८१ मा उनीहरू स्वदेश फर्किएर अरू राजनीतिक पार्टीसँग मिलेर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध आन्दोलनमा उत्रिए। त्यसपछि हसिनाको राष्ट्रिय छवि बनेको थियो।देशको आर्थिक प्रगतिलाई नेतृत्व गरेको जस पाउने गरेकी हसिना एक प्रेरणादायी लोकतान्त्रिक नेत्रीका रूपमा स्थापित थिइन्।
तर पछिल्ला वर्षहरूमा भने उनलाई निरङ्कुश र विरोधीको दमनकारी नेताको आरोप थियो। यतिका वर्ष देशको नेतृत्व गर्दा उनलाई भारतले हसिनालाई सहयोग गर्दै आएको थियो।
सोमवार भएका हिंसात्मक झडपमा कम्तीमा ५६ जना मारिएको बीबीसीले उल्लेख गरेको छ।अनिश्चितकालीन कफ्र्यू लागेको भए पनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनाव उत्पन्न भएको थियो।बाङ्ग्लादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ।

एएफएपीका अनुसार आइतवार एकैदिन ९४ जनाको ज्यान गएको थियो। प्रहरी र सरकारविरोधी दशौँ हजार प्रदर्शनकारीबीच झडप हुँदा ठूलो मानवीय क्षति भएको थियो।आइतवार सिराजगन्जस्थित एउटा प्रहरी चौकीमा आक्रमण हुँदा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको प्रहरी मुख्यालयले जनाएको छ।

सरकारले आइतवार साँझ ६ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कफ्र्यू घोषणा गरेको थियो।सबै प्रमुख सहरका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको थियो।त्यसअघि लगाइएको कफ्र्यू आइतवार बिहान ६ बजेबाट राति ९ बजेसम्म खुकुलो बनाइएको थियो। तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि थामि नसक्नु भयो।

विपक्षी दलहरूको बहिष्कारकाबीच गत ज्यानुअरीमा भएको निर्वाचनबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन्। विगत १६ वर्षदेखि बाङ्ग्लादेशको सत्ता हाँकेकी शेख हसिना प्रधानमन्त्रीमा चुनिएको केही महिनामै सत्ता र राजनीतिबाटै किनारा लाग्नु पर्ने अवस्थामा पुगेकी हुन्।

शेख हसिना बंगलादेशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन्। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना सन् २००९ यता निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनले बाङ्ग्लादेशमा सबैभन्दा बढी समय शासन गरिन्।

सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण भएको थियो। त्यतिबेला उनी घाइते भएकी थिइन् भने २० जना मारिएका थिए।

आज र भोली मध्यम देखी मुसल धारे वर्षा हुने ः मौसम विज्ञान विभाग

काठमाडौं ।आज र भोली दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागको बलेटीनले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेकाले आज र भोलि दुई दिन देशव्यापी वर्षा हुने भएको हो ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने छ । ‘केही जिल्लामा अति भारी वर्षा हुने भएकाले सतर्क रहनुपर्ने छ,’ मौसमविद् शान्ति कँडेलले भनिन्, ‘मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । त्यसोहुँदा धेरै वर्षा हुन्छ ।’
अति भारी, भारी र मध्यम वर्षाको वर्गीकरणसहित जारी बुलेटिन अनुसार प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी तथा उद्धार तयारी गर्न उनले सरोकारवाला निकायलाई सुझाइन् । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी केही स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ ।
भारीदेखि अति भारी वर्षाको सम्भावना रहेका ३६ जिल्लामा बाढी, पहिरोलगायतको उच्च जोखिम रहेको महाशाखाले औँल्याएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिममा रहेका ३७ जिल्लामा पनि पूर्वतयारी आवश्यक रहेको जनाइएको छ । जसमा उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लासमेत रहेको छ ।

मध्यमदेखि सामान्य वर्षा हुने सात जिल्लामा पनि खण्डित वर्षा हुन सक्ने भएकाले सतर्क रहन भनिएको छ । सोमबार रातिदेखि बुधबार रातिसम्म रातको समयमा बढी वर्षा हुने भएकाले पनि जोखिम बढ्न सक्ने मौसमविद् कँडेलको अनुमान छ । जसकारण सहरी भेग र तराईमा उच्च डुबान बढ्ने, राजमार्ग, हवाई यातायातसमेत प्रभावित हुने भएकाले मौसम सुधार नभएसम्म टाढाको यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ ।

सच्चा मानवाधिकारको फराकिलो दायरा

 

आनीवक्ष ‘पियूषी’
दिङ्ला
परिचयः–
समयसापेक्ष भनौं या मानवीय आवश्यकताको दृष्टिले भनौं मानवाधिकारलाई अझै फराकिलो बनाउन सकिन्छ कि भन्ने सोच विकसित हुँदैछ । अहिलेसम्म जे जति मानवाधिकारका काम कुराहरु भैरहेछन् ती सबै मोटामोटी सुरक्षाको दृष्टिले भैरहेछन् । जब हामी मानिसहरुलाई अधिकारको खाँचो परिसकेको हुन्छ । धार्मिक दृष्टिले, कानूनी मान्यतालाई र सामाजिक विश्वासले भरिपूर्ण भएर मानिसलाई सजिलो गरी बाँच्न र बाँचेर केही गर्ने अधिकार त एिको छ तर अधिकार भनेको के हो भनेर सबै मानिसले बुझन सकिएन भने अधिकार कुण्ठित पनि हुनसक्छ । वास्तवमा मानिसले राम्रा राम्रा काम गर्ने मौका पाउनु, कसैबाट पनि कुनै किसिमको अवरोध खडा नगरिने, सत्यतथ्यहरुमा अभिव्यक्ति दिन पाउनुलाई अधिकारको स्वरुप भन्न सकिन्छ । यही अधिकारका दायराहरुलाई अझ विस्तृत रुप दिन हामीले सक्यौं भने मानवाधिकार अझ प्रभावकारी बन्दै जाओस भन्नका खातिर यहाँ केही बुँदाहरुको सामान्य परिचय गराइएको छ । यिनीहरुलाई अरु सशक्त ढंगले व्याख्या गर्दै कार्यक्षेत्रमा उतारेर मानवाधिकारलाई बलियो र प्रभावकारी बनाउने जिम्मा पनि हामी मानिसहरुको अगाडि खडा छ । यही धर्तीमा रही बाँचेका हामी व्यक्तित्वहरुले प्रस्तुत बुँदाहरुमा आवश्यक ठहरिएका थप बुँदाहरु थप गरी मानवाधिकारको दायरालाई झनै परिपक्वै बनाउन पनि सकिनेछ ।
प्रस्तुत बुँदाहरुः–
सुरक्षात्मक मानवाधिकारः–
मानवाधिकारको लागि विचार गर्दै गर्दा अहिलेसम्म सबै खाले राम्रा नराम्रा अवस्थाबाट गुज्रिन परेको मानवलाई कसरी मुक्त गर्ने भन्ने सवालका कुराहरु उठान भै आएका छन् । मानिस बाँच्दै जानेक्रममा विभिन्न अवरोधहरुले धक्का दिने पनि गरेका छन् । मोटामोटी भन्नु पर्दा तिनै अवरोधहरुबाट जोगाइ दिनुभन्ने अहिलेसम्मको हाम्रो सोचाई र गराई यस्तै छ । मात्र सुरक्षात्मक कदमको सोचबाट गुज्रिरहँदा कति सफल हुँइदैछ वा कतिपय असफलताहरुले पनि गिज्याईरहेको अवस्था पनि विद्यमान छ । यही सुरक्षात्मक कदमलाई पनि दरोखरो बनाउन मिहनत गर्नै पर्ने अवस्था देखिन्छ ।
रचनात्मक मानवाधिकार
जब जब हामी मानिसहरु यस धर्तीमा सहज रुपले बाँच्न पाउँछौं तब तब हामीलाई आफूसँग रहि बाँचेको अरु मानिसहरुको लागि भलो हुने कुनै न कुनै काम गर्न हामीलाई उत्साह जागेर आउँछ । केही हदसम्म पहिले देखिनै मानिसको भलो हुने काम त भै आएकै पनि छन्, तर ती सबै माया, दया र धर्मको खातिर भनि हुने गरेका छन् । यस्तो रुपमा काम हुँदै आएको भएतापनि अब हामी आधुनिक युगमा बाँचेको नाताले म यस धर्तीको उत्कृष्ट प्राणी हुँ, त्यसैले मैले पनि मानिसको भलो हुने राम्रा राम्रा कामहरु गर्न सफलता हाँसिल गर्नुपर्छ भनेर अघि बढ्न सकियो भने रचनात्मक मानवाधिकार मजबुत हुन पुग्छ । अनि हामी मानिसहरुलाई आत्मगौरव गर्न पाउने अवसर पनि मिल्छ । यसरी हाम्रो मानवाधिकार भित्र पर्ने कुराहरुमध्ये जानेको काम गरेर उन्नती गर्न पाउनु, नजानेको भए सिकेर भए पनि काम गर्दै जीवनयात्रा सहज बनाउन पाउनु पनि रचनात्मक मानवाधिकार हो भन्न सकिन्छ ।
सृजनात्मक मानवाधिकार
मानिसले आफ्नो बौद्धिक क्षमताको आधारमा नयाँ नयाँ कुराहरु पत्ता लगाएर मानिसकै लागि फाइदा हुने खालको काम भैदियो भने त्यस्तो कामलाई सृजनात्मक मानवाधिकार भनेर मान्न सकिन्छ । आविष्कारयुक्त, प्रविधिमय, चेतनामूलक कामहरुमा उपलब्धि हाँसिल गर्न पाइयो भने सृजनात्मक मानवाधिकार झन बलियो भएर स्थापित हुन्छ । यदि संसारमा यस्ता खाले खोज अनुसन्धानमूलक काम नभैदिएका भए सुख सुविधाका साधनहरु बन्ने थिएनन् होला । अझै पनि मानिसको लागि कैयौं खालको आविष्कारहरु खाँचो परिरहेकै छ । जो मानिस सृजनात्मक अभियानमा लाग्न खोज्छ तर विविध कारणले लाग्न पाउँदैन भने यस्तो अवस्थामा मानवाधिकार कुण्ठित हुन पुग्छ । राम्राराम्रा खालका नयाँ नयाँ कामहरु सम्पन्न गर्नु पनि सृजनात्मक मानवाधिकार हुनसक्छ ।
नैसर्गिकताको खाँ चो–ः
मानिसले मानिसकै लागि नगरी नहुने काम गरिदिनु नैसर्गिकता झल्किन्छ । नैसर्गिकता भन्नुको अर्थ प्राकृतिक अधिकार जो मानिसलाई नभै हुँदैन । मानिसले आफ्नो नैसर्गिक अधिकारको संरक्षण गर्न कर्तव्य पालन गर्नुपर्दछ । जसले आफुमा निहित अधिकारलाई कर्तव्य पालनमा रुपान्तरण गर्दैन भने उसले मानवीय नैसर्गिक अधिकार खतरामा पार्दैछ भन्ने बुझे हुन्छ । हामी मानिसको प्राकृतिक आवश्इकता नै नैसर्गिक अधिकार हो । प्रमुख रुपले नैसर्गिक अधिकारहरु प्राकृतिक र समसामयिक गरी दुई प्रकारका छन् । प्राकृतिक भन्नाले मानिसलाई सहज रुपले बाँच्नका लागि नभै नहुने समसाधान, समय, परिश्रम, गुण, ज्ञान हुन् भने समय सामयिक आवश्यकताको रुपमा काम गर्न पाउने अवसर, कर्तव्य पालन गर्ने बौद्धिक क्षमता, राजनैतिक कर्तव्य पुरा गर्ने थलो, ज्ञान गुण बढाउने सुविधा आदि पर्दछन् । जब मानिस आफूसँग भएको ज्ञान, गुण, सीप, क्षमता सही ठाउँमा प्रयोग गर्दैन वा गर्न पाउँदैन भने उसको नैसर्गिक मानवाधिकार कमजोर हुँदै जान्छ । अधिकार भन्ने कुरो अरुले दिने तर आफुले पनि मजबुत पार्ने र बढाउने हो । आफुलाई प्राप्त अधिकारलाई सही उपयोग गरी महान बनौं, बनऔं ।
सहयोगात्मक मानवाधिकार
यस धर्तीमा रहेका मानिसहरुमध्ये कतिलाई सहयोग गर्न पाउँदा खुशी लाग्छ भने कतिलाई सहयोग गर्नुपर्दा मुन्टो फर्काउन सक्छ । कसैले कसैलाई सहयोग गर्यो भने त्यो देखेर कसैलाई मन पर्दैन भने कोही त्यही दिएको सहयोगको लागि स्याबासी दिन अघि सर्छन् । यसरी चाहेको सहयोग मानिस भएर मानिसलाई दिन पाउँदैन वा अर्काले सहयोग गरेकोमा पनि बाधा पुर्याउँछ भने त्यस्तो अवस्थामा सहयोग मूलक मानवाधिकार कुण्ठित हुन पुग्यो । मानिस स्वयं सर्वगुण सम्पन्न, सर्वशक्तिमान, अनि सर्वज्ञ छैन । तर जति पनि यस संसारमा परिचालित गुण, शक्ति, बौद्धिक क्षमता, ज्ञान छन् ती सबै मानिसको लागि खाँचो पर्ने हुन्छन् । मानिस आफू शुद्ध भावनाले विचरण गर्दै जाने क्रममा कसलाई कुन बेला कस्तो सहयोग चाहिन्छ, त्यो भएन भने उसलाई अप्ठ्यारो पर्न सक्छ । सहयोग भन्ने कुरा कोही बेला लिनुपर्ने वा दिनुपर्ने हुन्छ । यसरी चाहिएको बेला मानिसले सहयोग पाएन भने उसको अस्तित्व खतरामा पर्न सक्छ । यसरी आवश्यकता परेको बेला सहयोग लिने दिने वातावरणको पक्का रुप भनेको सहयोगात्मक मानवाधिकार भनि बुझौं ।
सांस्कृतिक मानवाधिकारः
सभ्य मानिसको पहिचान भनेको आफूभन्दा ठूलाको आदर सम्मान गर्नु, श्रद्धा गर्नु, श्रद्धाले ओतप्रोत भै सहयोग पुर्याउनु आफु समानकासँग आत्मसम्मान गर्नु, समझदारीपूर्वक चल्नु विश्वास गर्नु, आफु सदाचारमा चल्नु, सद्गुणी हुनु, नैतिकवान हुनु यस्तै आफूभन्दा तलकालाई पनि आत्म सम्मान गर्नु, प्रेम गर्नु, वात्सल्यातापूर्ण व्यवहार गर्नु जस्ता व्यवहारहरु पर्दछन् । तर जब मानिसको जीवनमा माया गर्नपर्नेले माया गर्दैन, श्रद्धा गर्नुपर्नेले श्रद्धा गर्दैन, विश्वास गर्नुपर्नेले विश्वास गर्दैन, अनि यस्तै माया पाउनुपर्नेले माया पाउँदैन, श्रद्धा पाउन पर्नेले श्रद्धा पाउँदैन र सहयोग पाउनुपर्नेले सहयोग पनि पाउँदैन भने त्यति खेर सांस्कृतिक मानवाधिकार ओझेलमा पर्यो । यस्तो अवस्था नहोस् भन्नका खातिर सांस्कतिक मानवाधिकार अघि सार्नु परेको हो । संस्कृति भित्र अरु पनि सवाल उठ्न सक्छन् ।
जिम्मेवारिता मानवाधिकार
जिम्मेवार व्यक्तित्वले आफ्नो जिम्मेवारी पुरा गरेन भने त्यसको असर सरोकारवाला व्यक्ति विशेषहरुमा पर्न जान्छ । छोराछोरीप्रतिको जिम्मेवारी मातापिताको, विद्यार्थी प्रतिको जिम्मेवारी शिक्षकहरुको, बिरामीप्रतिको जिम्मेवारी डाक्टरहरुको त्यस्तै देश र जनताप्रतिको जिम्मेवारी राजनैतिक व्यक्तित्वरुको हुन्छ । सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी पुरा नगरे छोराछोरीहरु अलपत्र पर्छन, विद्यार्थीहरु बर्बाद हुन्छन्, बिरामीहरु मर्न सक्छन् अनि देश ओरालो लाग्न सक्छ । यस्तै जिम्मेवारी पुरा गर्नुपर्ने ठाउँहरु अरु पनि धेरै छन् । यसर्थ जिम्मेवार व्यक्तित्वले आफ्नो जिम्मेवारी पुरा नगरे सरोकारवालाहरुलाई ती सबै अवस्था विचार गर्ने हो भने कहाली लाग्दो हुन जान्छ । त्यसैले जिम्मेवारीपन पनि मानवाधिकार न्तरगत े पर्ने अवस्थाको यथार्थता अवगत हुनेछ । यिनै कारणहरुले र्गदा जिम्मेवारीपनलाई मानवाधिकारको स्रोत मान्न सकिन्छ । संसारमा जिम्मेवारी पुरा नर्गदाका परिणतिहरु कस्ता कस्ता होलान् हामी आआफुले विचार गरौं ।
प्रस्तुत लेखमा अभिव्यक्त सत्य तथ्यहरुलाई सामान्य रुपले परिचय गराउने प्रयास भएको छ । मानवाधिकारको सांगोपांग पुर्याएर लेख्ने हो भने महाभारत पनि सानो हुन पुग्ला तर सिमित रुपमा मानवाधिकार प्रकट भैरहेको अवस्थामा अझ प्रभावकारी रुपले धेरै आधारभुत दायराहरु समेत खुलस्त पार्न पाए झन् राम्रो हुने कुरा हाम्रो प्रयासबाट थाहा लाग्ने छ । मानवीय यथार्थतालाई मध्यनजर गरी आत्मीय भावले सक्षम व्यक्तिहरुबाट मान्यता प्राप्त ग्रन्थहरु तयार गर्न सक्नुहुनेछ । मानवाधिकारलाई फराकिलो दायरामा विचरण गराउने सकियो भने हाम्रो महानता झल्किने छ । अस्तु

राखेपको आयोजनामा एपीएफ ह्वीलचियर बास्केटबल च्याम्पियन खेल सम्पन्न

काठमाडौं । गोकर्णेश्वर न।पा। अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कुलमा सम्पन्न पारा विशेष खेलकुद प्रतियोगिता अन्र्तगत ह्वीलचियर बास्केटबलको उपाधि पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ सुदूरपश्चिम प्रदेशले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
नकआउट चरणमा भएको खेलमा पुरुष तर्फ भएको पहिलो खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २८–३५ को अन्तरले सजिलै पराजित गर्दै सेमिफाइनलको यात्रामा अघि बढेको थियो । त्यस्तै सेमीफाइनलमा गण्डकी प्रदेशलाई पनि फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको एपीएफले बागमती प्रदेशलाई ३९–२० को अन्तरले विजयी भई उपाधि जितेको थियो ।
त्यस्तै महिलातर्फ कर्णाली प्रदेशलाई हराउँदै फाइनल पुगेको सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० को अन्तरले जित निकाल्दै उपाधि जितेको थियो । पाखा लगायो ।
ुरुषतर्फ गण्डकी र महिलातर्फ लुम्बिनी तेस्रो हुन सफल भयो ।
उपाधिका लागि एपीएफबाट प्रेमबहादुर वि।क।ले महत्वपूर्ण भूमिका खेले । उनले यो प्रतियोगिताभर कुल ४ वटा थ्री पोइन्टर बास्केट गर्न सफल भए । उनै प्रेम उत्कृष्ट खेलाडी तथा सर्वाधिक बास्केटकर्ता समेत बने ।
त्यस्तै महिला तर्फ भने तुल्सी थापा मगरले उत्कृष्ट खेल प्रदर्शन गरे । उनी उत्कृष्ट खेलाडी समेत बने । त्यस्तै सर्वाधिक बास्केटकता भने ऐश्वरी क्षेत्री बने ।
विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
म्

सरकारको निर्देशन पालना गर्न अटेर गर्ने विद्युत् प्राधिकरणका दुई सञ्चालक वर्खास्तीमा परे

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ ।
डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशनको उल्लङघन गर्दै अघि बढ्न खोजेपछि उनीहरुलेलाई साउन १८ गते उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले दुबैजनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् । उनीहरुलाई यसअघि सरकारले साउन १६मा दुबैजनालाई स्पष्टीकरण सोधेको थियो । तर चित्तबुझ्दो जवाफ नदिएपछि उनीहलाई पदमुक्त गरिएको उच्च स्रोतले जनाएको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका कपिल आचार्य र भक्तबहादुर पुन अब जिम्मेवारीविहीन भएका छन् ।
७ साउनमा प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त विवादमा विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेपछि उक्त निर्णयमा सञ्चालक पुन र आचार्यले फरक मत ९नोट अफ डिसेन्ट० लेखेका थिए ।

प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशन विपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना नगरेपछि अहिले उनीहरुलाई सरकारले पदमुक्त गरेको हो ।

 

 

सुदामा ताजा समाचार

शिक्षकहरुद्वारा सडक आन्दोलनलाई निरन्तरता , माग पुरा हुने छैन टुंगो

काठमाडौं , सरकारले माग सम्बोधन गर्ने आश्वासन दिँदै कार्यथलोमा फर्कन आग्रह गरे पनि शिक्षकहरूले आज पनि सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन्। विद्यालय शिक्षा ऐन...

मकवानपुरमा बस दुर्घटना, १६ जना घाइते,

काठमाडौं , पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्। इटहरीबाट भैरहवातर्फ जाँदै गरेको...

प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट प्रदान गर्ने...

काठमाण्डौ,प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि.बीच व्यवसायिक साझेदारीको लागि मिति २०८२÷०१÷०२ मा एक कार्यक्रमका वीच आफ्ना...

शिक्षक आन्दोलनले नयाँ विद्यार्थी भर्ना र कक्षा १२ को परीक्षा समेत...

काठमाडौं ,शिक्षक आन्दोलनका कारण नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षा प्रभाAवीत भएको छ । सरकारले वैशाख १ गतेदेखि यस वर्षको नयाँ भर्ना...

सरकार र गठबन्धनमा कुनै समस्या छैन ः गृहमन्त्री लेखक

काठमाडौँ , नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकार र गठबन्धनमा कुनै समस्या नरहेको राम्रो रुपमा चलिरहेको बताएका छन्। सरकारको आयु छोटो रहेको भनि...