Page 2

राजतन्त्र ल्याउन असम्भव — अध्यक्ष नेपाल नेकपाएस्

काठमाडौं ।
नेकपाएस्का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै सरकारलाई जनताको समस्यामा भन्दा पनि गीत गाउनमा मतलब भएको बताए ।
उनले भने, ‘सरकारलाई त गीत गाउनमात्रै मतलब छ । उसलाई त खाली म त ढलें, ढलें‘अहिले हामीले ढालेकै छैनौं अनि किन ढलें ढलें भनेको त ? मति सप्रियोस्, बुद्धि फेरियोस् । प्रचण्डजीलाई पनि षड्यन्त्र गरेछन् स्वर्ग पनि, नर्क पनि सँगै जाने भनेर प्रचण्डजी त सोझो मान्छे, दंग पर्नुभएछ । अनि राती स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् । त्यस्तो षड्यन्त्रकारीलाई हामीले चिन्न नसक्नु कमजोरी हो । मलाई पनि फकाउन आएका थिए, प्रचण्डजीको अनुहार देखेपछि विश्वास लाग्यो । मिल्नुपर्छ भन्दा त केही भ्रममा प¥यौं ।’

त्यस्तै उनले आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै भएको भन्दै मुलुक पछाडि फर्किन नसक्ने भन्दै प्रतिगामी शक्तिहरुलाई चेतावनी दिए ।

उनले भने,‘यो आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै हो । प्रतिगामी शक्तिहरु होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । मुलुक राणातिर फर्कन सक्दैन् । अहिले संसारमा जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने तयार छैनन् । इतिहास फेरी पछाडि जान सक्दैन, जान दिदैनौ । चुनौती दिन चाान्छौं देशमा वंशको शासन ल्याउन खोज्ने दुष्चेष्टा गर्छ भने उनीहरुले ठूलो मूल्यचुकाउनु पर्नेछ ।’

चैत्र १५ को प्रदर्शन अपराधिक कदम हो —गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते पूर्वराजावादी समर्थकहरुबाट आगजनी भएका भवनहरुको अनुगमन गरेका छन् । शनिबार उनले उक्त भवनहरुको स्थलगत अनुगमन गरेका हुन् ।
सोही क्रममा उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए ।
सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।
उनले भने, ‘तपाईहरुलाई दुःख र पीडा भयो यो एकदमै अपराधिक काम हो । यो कुनै राजनीतिक कुरा होइन, राजनीतिक दर्शन, चेतनाको कुरा होइन, नितान्त अपराधिक काम हो । यसको लागि सरकारले आवश्यक कारबाही गर्छ र सञ्चार गृह लगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौ ।
यस्तै, उनले सञ्चार एउटा महत्वपूर्ण अंग भएको हुदाँ यसलाई ध्वस्त गर्ने कोशिस लोकतन्त्र कै विरुद्धको गतिविधि भएको भन्दै यसलाई गम्भिरता पूर्वक लिने बताए ।

उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइयो

काठमाडौं । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाईएको छ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा दिइने तयारी पनि गरिदै छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम,उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइयो
काठमाडौं । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाईएको छ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा दिइने तयारी पनि गरिदै छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शनपनि गरयो । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा कायम राखियो ।

युद्धकलालगायतको प्रदर्शनपनि गरयो । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा कायम राखियो ।

प्रतिपक्षीदलले आइतवारदेखि संसद चल्न दिने

काठमाडौँ संसद अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गते आइतवारको बैठकमा सम्बोधन गर्ने भएका छन्।
सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्षी दल र सत्तापक्षीय दलका प्रमुख सचेतकबीचको छलफलबाट यो सहमति जुटेको हो।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो। बर्खास्तीसँगै प्रतिपक्षी दलहरुले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पारेका छन्।
उनीहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएपछिमात्र सदनको अवरोध हटाउने बताएका छन्।
सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो तर प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएका छन्।
बैठकपछि सञ्चारकर्मीसँग नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आइतवार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको बताए।

ग्लोबल आइएमई बैंक र आईएफसीबिच एड्भाईजरी सेवा उपलबध गराउने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम आईएफसी बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौताअनुसार, विश्व बैंक समुहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रुपान्तरण तथा डाटा म्याचुरिटि मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरु पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ ।
साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरु प्रवद्र्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ ।
यस समझदारीपश्चात् बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुलाई रुपान्तरण गरी नवीन र प्रविधीमैत्री सेवाहरु विकास गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैंकिग सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिदै यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँनयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताउनुभयो ।
उहाँले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरीबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

 

 

नेपाल लाइफ इन्स्योरेन्सको प्रोजेक्टकेयर अभियान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर संकलन गर्न प्रोजेक्ट केयर अभियानअन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौँको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसी सँग सहकार्य गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले जनाए । उनले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको जनाए ।
राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको छ भने आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको जनाए । साथै, उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
राउण्ड टेबल नेपालका निर्वतमान अध्यक्ष नितेशकुमार अग्रवालले सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको जनाए । उनले सरकार तथा अन्तर्राष्ट्रिय जगतले पनि सफाइ प्रयास जारी राखे तापनि प्रभावकारी हुन नसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस क्रममा कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने जनाए । साना प्रयासहरूले नै ठूलो प्रभाव पार्ने भन्दै अग्रवालले नेपाल लाइफलाई अभियानमा सहभागी भएकोमा धन्यवाद दिए ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरु हुनु सकारात्मक रहेको जनाए ।
सगरमाथा, संसारको सबैभन्दा अग्लो हिमाल, हरेक वर्ष हजारौँ पर्वतारोहीहरूलाई आकर्षित गर्ने गरेको तर, मानव गतिविधिको वृद्धिसँगै सगरमाथा फोहोरको डंगुर बन्दै गएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले जनाए । त्यागिएका टेन्टहरू, अक्सिजन सिलिन्डरहरू, खानेकुरा प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरू हिमालमा छोडिएको कारण यो विश्वकै सबैभन्दा अग्लो फोहोर थलो नबनोस् भन्ने अभिप्रायका साथ यो सहकार्य गरिएको उनले जनाए ।
कार्यक्रममा नेपाल लाइफका कर्मचारीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

राजावादीहरुद्धारा नेकपा एसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी

काठमाण्डौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोड र पछि आगजनी गरेका थिए ।
प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरहरुमा पनि तोडफोट गर्नुका साथै आगजनी समेत गरेका थिए । आलोक नगरको विनास पछि प्रर्दशनकारीहरुसत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढे का थिए ।

पीडितलाई न्याय दिने कुरामा कुनै दुई मत छैन — सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको छानविनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको बताएका छन्
संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पीडितलाई न्याय दिने कुरामा कुनैपनि दुई मत नरहेको हुँदा वर्तमान सरकार शान्ति सम्झौंताका बाँकी काम पूरा गर्न अघि बढीरहेको बताएका छन् ।
उनले भने, ‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको छानविन मार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको छ ।
उनले भने, ‘सक्रमणकालीन न्यायका लागि सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप व्यवस्थापालिकाको छानविन आयोगको पदाधिकारिको नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको छ ।
आयोगले शान्ति सम्झौंताका मर्म अनुसार शसस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान सुरु गरेर न्याय दिलाउने नै छ ।
वर्तमान सरकार, राजनीतिक दलहरु पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौं । सरोकारावाला पक्षहरुसँग पनि छलफल र अन्तरक्रियाबाट सत्य निरुपण हुने नै हो
यस विषयमा विश्वास दिलाउन चाहन्छु ।

आफुले भनेजस्तो एजेण्डा भोलि हुने राजावादी र गणतन्त्रवादी प्रदर्शनमा नहुने भएकोले रास्वपा सहभागी नहुने मनिष झा कार्यबाहक प्रवक्ता रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भोलि काठमाडौंमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने जानकारी दिएको छ ।
पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले गणतन्त्र पक्षधर र राजावादीहरू दुवैको प्रदर्शनमा पार्टीको कुनै सहभागिता नहुने जनाएका हुन् ।
वर्तमान सरकारको विरोधमा हुने जुनसुकै शान्तिपूर्ण कार्यक्रमहरूमा आफ्नो पार्टीको नेतृत्व, सहभागिता र ऐक्यबद्धता हुने भए पनि भोलिका दुवै प्रदर्शन सरकार विरोधी भन्दा पनि व्यवस्थाको पक्ष र विपक्षमा भएकाले आफ्नो पार्टी सरिक नहुने प्रवक्ता झाको भनाइ रहेको छ ।
‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा रास्वपाको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता रहनेछ भनेका छौं, तर भोलि हुने दुवै प्रदर्शन त सुशासनको मुद्दामा छैन,’ झाले भने, ‘एकतर्फले व्यवस्था ठिक छैन र अर्कोले व्यवस्था ठिक छ भनेका छन् । त्यसकारण भोलिको प्रदर्शनमा हामीले भने अनुसारको एजेन्डा नरहेको हुनाले हाम्रो सहभागिता रहने छैन ।’
यसअघि गत १२ चैतमा रास्वपाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा विज्ञप्ति जारी गर्दै सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने जनाएको थियो ।

 

 

राप्रपाको समर्थन नवराज सुवेदीलाई

काठमाडौँ , राजसंस्था र हिन्दुराष्ट्र ​पुनःस्थापनाको आन्दोलनमा छुट्टै अघि बढ्ने अडान लिईरहेकोराष्ट्रिय प्रजातन्त्र पार्टीले अधिकांश नेताहरू सबै राजावादी एक भएर जानुपर्ने पक्षमा उभिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अडान बाट पछि हट्नेनिर्णय गरेको छ ।
राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि संयुक्त आन्दोलनको नेतृत्व गर्ने जिम्मा पञ्च नेता नवराज सुवेदीले पाएका छन्। राप्रपाकै नेतासमेत रहेका उनलाई सर्वस्वीकार्य हुने ठानेर पूर्वराजा ज्ञानेन्द्र शाहले उक्त जिम्मेवारी दिएको भनिएको छ।
सम्पूर्ण राजावादीलाई एकठाउँ ल्याएर संयुक्त आन्दोलन गर्ने गरी ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’को नेतृत्व सुवेदीलाई दिइएपछि राप्रपामा दुई धार थियो।
स्रोतका अनुसार बैठकमा बहुमतभन्दा धेरै नेताहरूले राजावादीबीच एकले अर्कोलाई सघाएर जानुपर्ने मत राखेपछि अध्यक्ष लिङ्देन पछि हटेका हुन्। योसँगै राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि अन्य दल र अभियानहरूबाट आयोजना हुने कार्यक्रममा सहयोग र समर्थन गर्ने निर्णय मंगलबारकै बैठकबाट गरेको छ।
पछिल्लो समय राजावादी बनेका व्यवसायी दुर्गा प्रसाईंले चैत १५ गते आन्दोलन आह्वान गरेका छन्। आन्दोलनमा सुवेदी नेतृत्वको समितिले समर्थन जनाइसकेको छ। सुवेदीले मंगलबार विज्ञप्ति जारी गर्दै १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका छन्।

उनले भनेका छन्, ‘आउँदो शुक्रबार राजधानीमा हुने विशाल जनप्रदर्शनमा सहभागी भई समर्थन जनाउन सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी, संघीयताविरोधी तथा आमनागरिक, राजनीतिक पार्टी र समूहसँग हार्दिक अपील गर्छु। देश बचाउन र पुनर्निर्माण गर्न अब हामीसँग अर्को कुनै विकल्प बाँकी छैन।’

राप्रपाको पछिल्लो निर्णय सुवेदी नेतृत्वको समितिमा रहेका नेताहरूलाई खुलेर लाग्ने बाटो खुलेको छ। यो निर्णयपछि संस्थापन इतर समूह उत्साहित सुनिन्छन्। परिणाम निकाल्नका लागि एक हुनैपर्छ भन्ने निष्कर्षका साथ उक्त निर्माणमा पुगिएको महामन्त्री शाही बताउँछिन्।

‘राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जति दल, समूह र अभियान छन्, उनीहरूलाई सहयोग र साथ दिने र लिने पनि भनेर निर्णय गरेका छौं’, उनी भन्छिन्, ‘यो समयको माग पनि हो। परिणाम निकाल्नका लागि हामी सबै एक ठाउँमा आउनुपर्छ भन्ने निष्कर्षका साथ यो निर्णय भएको हो। पार्टीको कार्यक्रमलाई पनि निरन्तरता दिने कुरा त छँदै छ।’

 

सुदामा ताजा समाचार

बहुमत नहुँदा मिलेरै सरकार चलाउनुपर्ने बाध्यताः नेपाली कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा कांग्रेस ठूलो दल भए पनि बहुमत नहुँदा मिलेरै सरकार बनाउनु र चलाउनुपर्ने बताउनुभएको...

बल्ल सत्य निरुपण र वेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । अति महत्वको साथ लिइने गरेको संक्रमणकालीन न्याय टुंग्याउन सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त...

विपद् व्यवस्थापनमा सशस्त्रसहितको स्वयंसेवक टोली

काठमाडौं । स्थानीय तहमा विपदमा पर्दा जनताले दुःख झेलिरहेका वर्तमान अवस्थामा विपद् न्यूनीकरण तथा व्यवस्थापनमा सशस्त्र प्रहरीले स्थानीय नागरिकसँग मिलेर विपद् स्वयंसेवक टोली बनाउन...

जेष्ठ नागरिक भत्ता सम्मानका लागि कि गुजाराका लागि ?

भोजकुमारी खड्का सरकारले उमेर हद तोकेर जेष्ठ नागरिक भत्ता दिदै आएको छ । तत्कालिन एमाले प्रधानमन्त्री मनमोहन अधिकारीले रु. १०० प्रति जेष्ठ नागरिक दिने चलन...

सुपा देउराली मन्दिरको महिमा गुँजियो भजनमार्फत, मोतिराज खनालको सशक्त प्रस्तुति

  अर्घाखाँची जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक भएको छ। भजनमा लोकसंगीत क्षेत्रमा लामो...