गैरआवासीय नेपाली संघएनआरएनएको एकता महाधिवेशन वैशाख २०–२२ गते हुँदै

काठमाडौं । लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघएनआरएनएको एकता महाधिवेशन यही वैशाख २० देखि २२ गते अर्थातमे ३ देखि ५, २०२५ मा काठमाडौंमा हुने भएको छ । सर्वोच्च अदालतको परमादेशबाट प्राप्त भएपछि डा.शेष घलेको अध्यक्षतामा गठित एनआरएनए उच्चस्तरीय समितिको आह्वानमा सो महाधिवेशन हुन लागेको कुरा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । एनआरएनएको एकता महाधिवेशनमा बढीभन्दा बढी एनआरएनहरुको सहभागिता हुन सकोस् भन्ने उद्देश्यले निःशुल्क सदस्यताको व्यवस्था गर्नुका साथै सदस्यताका लागि आवेदन दिने मिति पटक पटक थप गरीएको कुरा पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । जानकारी अनुसार एनआरएनए उच्चस्तरीय समितिको वेवपोर्टलमा १६ हजार बढीले सदस्यताका लागि आवेदन दिएको, उच्चस्तरीय समितिको वेवपोर्टल र एनसीसीबाट आएको संख्या जोड्दा ६३ हजारभन्दा बढी व्यक्तिहरु सदस्य बन्नुभएको एकता महाधिवेशनमा प्रतिनिधको रुपमा सहभागि हुन आइतबारसम्म २० अप्रिल २५ सय भन्दा बढीले निवेदन दिइसकेको , डेलिगेसन बन्न आवेदन दिने मिति २२ अप्रिल २०२५ सम्म नेपाली समय राती ११ः५९ बजेसम्म भएको ,भौतिक रुपमै काठमाडौंमा उपस्थित भएर संस्थाको नयाँ विधान बनाउने तथा नयाँ कार्यसमिति चयन गर्ने प्रक्रियामा सहभागी हुन एनआरएनएका सम्पूर्ण पञ्जीकृत सदस्यहरुलाई आह्वान गरिएको लगायतका कुराहरु जनाइएको छ ।
कार्यक्रममा डेलिगेसन बन्नका लागि अनिवार्य रकम जम्मा गर्नुपर्ने र जम्मा गर्दा हेडअफिस बबरमहलमा रहेको प्रभु बैंकमा शेष घले, विनोद कुँवर र कुल आचार्यको संयुक्त खाता नं. ००१०१९६९८००००१०३ मा युएस डलर १०० जम्मा गर्नुपर्ने जानकारी गराइएको थियो ।
त्यसैगरी ऐतिहासिक एकता महाधिवेशन गर्न विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अघि बढाइएको, निर्वाचित गर्नका लागि निर्वाचन समिति गठन भइसकेको, गठित निर्वाचन समितिमा सेवा निवृत्त मेजर डम्बर घले तथा अधिवक्ता आशीष उप्रेती रहनुभएको लगायतका कामको जानकारी गराइएको थियो ।

LEAVE A REPLY