काठमाडौं । एमाले केन्द्रीय कमिटिको श्रावण ६ गते बसेको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध गर्ने निर्णय गरेर ठूलो धोखा मात्र होइन, गम्भीर अपराध नै गर्यो । किनकी भण्डारीले पहिलादेखि नै केन्द्रीय कमिटीका नेताहरुसँग बारम्बार छलफल नगर्नु भएको होइन । हुन त राष्ट्रपति भै सकेको व्यक्तिवले कुनै पार्टिको सदस्य नबन्नु नै राम्रो हुने थियो । तर राष्ट्रपति भैसकेको व्यक्तिले सक्रिय राजनीतिमा फर्किनु हुँदैन भन्ने कानूनमा पनि छैन र पार्टी पनि एक फुटेर फेरि पनि फुट्न सक्ने र झन् कमजोर हुने देखेर पार्टिलाई एक टिक्का बनाउने र अन्यबामपन्थीहरुलार्य पनि एकता गराउनु पर्ने आवशयकता भएको र वर्तमान अध्यक्ष केपी शर्मा ओलीको तेतृत्वमा त्यो हुन नक्ने ठहर गर्दै आफु पुःन सक्रिय राजनीतिमा आउनु परेको बाध्यता तमाम् कार्यकर्ता लाई सुनाउदै आउनु भएको छ ।
केन्द्रीय नेताहरुले पनि सक्रिय राजनीतिमा फर्किनु हुँदैन भनेर पूर्व सल्लाह दिएको भए यो अवस्था सायद आउने थिएन पनि होला । उतिबेला उचाल्ने, यतिबेला पछार्ने काम गरेर भण्डारीलाई अपमान र धोखा दिने काम गरे । अव त भण्डारीले सक्रिय सदस्यता लिनेबार पार्टी भित्रै बहस रोकिन लागको छ जुन काम कमिटीले स्वविवेकले होइन, पार्टी अध्यक्ष केपी ओलीको इशारामा गरिएको आम नेता, कार्यकर्ताको बुझाई छ । काम इशारामा गरिए पनि उक्त कार्यको दोष पार्टी कमिटीलाई नै जान्छ । भण्डारीलाई सदस्यता दिँदा पार्टी महाधिवेशनमा तेस्रो कार्यकाल पनि अध्यक्षमा तेहेरीन नपाउने निश्चित देखिएपछि पार्टी प्रवेशमा निषेध गराइएको हुन सक्ने आम नागरिकको ठहर छ । हैन भने, ४५ वर्षसम्म पार्टीमा काम गरेको र पार्टीको उपाध्यक्ष समेत भई सकेको व्यक्तिले पार्टी सदस्यता नपाउने भन्ने हुनै सक्दैन । यही झोंकमा पूर्वराष्ट्रपतिले पत्रकार सम्मेलनमा के के नै वक्तव्य दिनु होला भनेर सुन्न मिडिया, कार्यकर्ता र शुभचिन्तक लगायतको बाक्लो भीड लागेको थियो तर पूर्वराष्ट्रपति भण्डारीले अपेक्षा गरे बमोजिम बोली नदिदा सबै हिस्स भएर फर्किएका थिए र भन्दै थिए ‘भण्डारी पनि अध्यक्ष ओलीसँग डराउनु भएछ ।’ उहाँले पत्रकार सम्मेलनमार्फत आफ्नो निर्णयबाट विचलित हुन्न, पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन र म एमालेमै छु र रहिरहन्छु चाहि भन्नुभयो । अव पूर्व राष्ट्रपति भण्डारी सँग दुई विकल्प रहेको देखिन्छ।
पहिलो विकल्पः पार्टीलाई सहयोग गर्दै पालो कुरेर बस्ने र ओलीपछि अध्यक्ष बन्ने ।
दोस्रो विकल्पः पार्टीमा ध्रुवीरकण बढाउने र आफु निकटका नेता, कार्यकर्ताको साथ सहयोग लिएर पार्टी फुटाउने । तर अब पनि पार्टी फुटाइयो भने त्यसको फाइदा नेपाली कांग्रेसलाई हुने र एमालेको स्थान अन्य कुनै नयाँ दलले लिन सक्ने सम्भावना पनि त्यतिकै छ ।








