काठमाडौं । एमालेमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति तथा पूर्व एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीप्रति जति कडा बन्दै जान्छन्, त्यतिनै वा अझ बढी रुपमा विद्यादेवी भण्डारी आक्रामक बओली र विद्या टकरावः यथार्थ की नाटक मञ्चन?
काठमाडौं । एमालेमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति तथा पूर्व एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीप्रति जति कडा बन्दै जान्छन्, त्यतिनै वा अझ बढी रुपमा विद्यादेवी भण्डारी आक्रामक बन्दै जान थालेकी छिन् । एमालेमा सक्रिय राजनीति गर्दै पार्टीलाई अझ सशक्त रुपमा अगाडि बढाउने र पार्टी भित्र भए गरेका कमीकमजोरीहरुलाई सुधार गर्दै स्व.मदन भण्डारीले प्रतिपादन गरेका जबजको मूल सिद्धान्त अनुसार एमालेलाई सशक्त बनाउन भन्दै पूर्वराष्ट्रपतिले पाउने सेवा सुविधा समेत त्यागेर पुनः सक्रिय राजनीतितर्फ होमिएकी उनलाई पार्टी कार्यालय च्यासल जाने ढोका नै बन्द गरिदिएपछि आक्रामक भएकी भण्डारीलाई गत मंगलबार विराटनगरस्थित एमाले पार्टी कार्यालयमा जान समेत संस्थापन पक्षले अवरोध गरेपछि भण्डारी झनै आक्रामक बन्दै ओली नेतृत्वको पार्टी र सरकारप्रति नै प्रश्नहरु वर्षाउन थालेकी छिन् । मंगलबारको संस्थापन पक्षले गरेको अवरोधपछि लगत्तै विहिबार नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा मदन भण्डारी को७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति कार्यालय उद्घाटन गरेकी उनले त्यहीबाट मदन भण्डारीको जन्मजयन्तीको तयारी गर्ने र मदन भण्डारीले प्रतिपादन गरेको विचार र सिद्धान्तलाई प्रचारप्रसार गर्न गराउन थालेकी छन् । यसअघि आफु एमालेमै रहेको र रहिरहने प्रतिबद्धता गर्दै एमालेकै सिद्धान्त अनुसार काम गर्ने प्रतिबद्धताजनाईरहेकी उनलाई नविकरण भैसकेको पार्टी सदस्यता नै खारेज गर्दै पार्टीका कुनै पनि क्रियाकलापमा जान रोक लगाएपछि, अब संस्थापन पक्षसँग भिडेर जाने मुडमा देखिएकी छिन् । उनले यसअघिनै पनि भनेकी थिइन्– ‘म माँझ किरातकी छोरी हुँ, घुडा टेक्दिन पछि हट्दिन । नभन्दै उनले कार्यालय नै खोलेर संस्थापन पक्षसँग भिड्न कम्मर कसेकी छिन् । ओली इतर पक्षले साथ सहयोग दिने संकेत मिलेपछि उनी झन् साहसी बन्न थालेकी छिन् । एमाले पदाधिकारीसहितका ३ नेता विद्या गुटमा खुलेरै लागेका छन् । एमालेको विधान महाधिवेशनसम्ममा अरु असन्तुष्ट एमाले पनि विद्या गुटमा आउने सम्भावना रहेको ओली इतर समुहका एक नेताले बताएका छन् ।
कुनै समय एमाले राजनीतिमा ओली र विद्या एक ढिक्का रहेका थिए । अति मिल्ने सारथी थिए । ओलीकै समर्थन र सिफारिसमा विद्या पटक पटक राष्ट्रपति पनि भइन् तर पछिल्लो समयमा आएर एमाले केन्द्रीय कमिटीले विद्याको सदस्यता नै खारेज गरेपछि टकराव बढ्नु अस्वभाविक पनि होइन । विद्यालाई पार्टी सदस्यता दिएर पार्टी अध्यक्ष बनाएको भए, यो बबाल हुने नै थिएन । ओली आफैं एमाले अध्यक्षमा तेहेरिन पार्टीले बनाएको नीति नै खारेज गरेर विद्यालाई रोक्नु त्यति सुहाउदिलो पनि होइन । पार्टीले बनाएको अध्यक्षमा २ कार्यकाल र ७० वर्षे उमेर हदको नीति नै परिवर्तन गर्दा यो अवस्था आएको राजनीतिक विश्लेषकहरु नै बताउँदछन् । राष्ट्रपति भईसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किनु नहुने भन्ने संविधानमै उल्लेख नगरेको हुँदा विद्यालाई पार्टी प्रवेशमा रोक लगाउनु एमाले संस्थापन पक्षको कमजोरी भएको जो सुकैले भन्ने गरेका छन् । एमाले र विद्या बीचको अन्तरकलहले एमालेलाई कता पुर्याउँछ त्यो समयले नै बताउँला । माओवादी केन्द्रले उपराष्ट्रपति पुनलाई पार्टीमा फर्काएर जिम्मेवारी दिईसकेको छ ।
ओली र विद्याबीचको टकराव बारे अहिले राजनीतिमा दुई वटा धार रहेका छन् । एउटा धार अनुसार ओली विद्याबीचको टकराव यथार्थ हो । पार्टी अध्यक्षले पूर्वराष्ट्रपति भण्डारीलाइ रोक लगाएर अन्याय गरेका छन् भने अर्को धारले यो नाटक मञ्चन मात्र भनेको छ । किनकी ओली जुनजुन कुरामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिबन्ध लगाउछन् त्यही कुरामा भण्डारी झन् आक्रामक बन्दै आफ्ना क्रियाकलापहरु जारी गर्दछिन् र सो बारे कुनै कारवाही ओलीले गर्न सकेका छैनन् । ओली आफुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी संगठित सदस्यतानै खारेज गरेको र त्यस्ता व्यक्तिले पार्टीको सर्कुलर विपरीत भेला गर्दा रोक्न नसक्नुले यी दुईबीचको टकराव नाटक मञ्चन मात्र हो भन्ने कुराको ठहर समाजको अर्को पक्षले गरेको छ । न्दै जान थालेकी छिन् । एमालेमा सक्रिय राजनीति गर्दै पार्टीलाई अझ सशक्त रुपमा अगाडि बढाउने र पार्टी भित्र भए गरेका कमीकमजोरीहरुलाई सुधार गर्दै स्व.मदन भण्डारीले प्रतिपादन गरेका जबजको मूल सिद्धान्त अनुसार एमालेलाई सशक्त बनाउन भन्दै पूर्वराष्ट्रपतिले पाउने सेवा सुविधा समेत त्यागेर पुनः सक्रिय राजनीतितर्फ होमिएकी उनलाई पार्टी कार्यालय च्यासल जाने ढोका नै बन्द गरिदिएपछि आक्रामक भएकी भण्डारीलाई गत मंगलबार विराटनगरस्थित एमाले पार्टी कार्यालयमा जान समेत संस्थापन पक्षले अवरोध गरेपछि भण्डारी झनै आक्रामक बन्दै ओली नेतृत्वको पार्टी र सरकारप्रति नै प्रश्नहरु वर्षाउन थालेकी छिन् । मंगलबारको संस्थापन पक्षले गरेको अवरोधपछि लगत्तै विहिबार नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा मदन भण्डारी को७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति कार्यालय उद्घाटन गरेकी उनले त्यहीबाट मदन भण्डारीको जन्मजयन्तीको तयारी गर्ने र मदन भण्डारीले प्रतिपादन गरेको विचार र सिद्धान्तलाई प्रचारप्रसार गर्न गराउन थालेकी छन् । यसअघि आफु एमालेमै रहेको र रहिरहने प्रतिबद्धता गर्दै एमालेकै सिद्धान्त अनुसार काम गर्ने प्रतिबद्धताजनाईरहेकी उनलाई नविकरण भैसकेको पार्टी सदस्यता नै खारेज गर्दै पार्टीका कुनै पनि क्रियाकलापमा जान रोक लगाएपछि, अब संस्थापन पक्षसँग भिडेर जाने मुडमा देखिएकी छिन् । उनले यसअघिनै पनि भनेकी थिइन्– ‘म माँझ किरातकी छोरी हुँ, घुडा टेक्दिन पछि हट्दिन । नभन्दै उनले कार्यालय नै खोलेर संस्थापन पक्षसँग भिड्न कम्मर कसेकी छिन् । ओली इतर पक्षले साथ सहयोग दिने संकेत मिलेपछि उनी झन् साहसी बन्न थालेकी छिन् । एमाले पदाधिकारीसहितका ३ नेता विद्या गुटमा खुलेरै लागेका छन् । एमालेको विधान महाधिवेशनसम्ममा अरु असन्तुष्ट एमाले पनि विद्या गुटमा आउने सम्भावना रहेको ओली इतर समुहका एक नेताले बताएका छन् ।
कुनै समय एमाले राजनीतिमा ओली र विद्या एक ढिक्का रहेका थिए । अति मिल्ने सारथी थिए । ओलीकै समर्थन र सिफारिसमा विद्या पटक पटक राष्ट्रपति पनि भइन् तर पछिल्लो समयमा आएर एमाले केन्द्रीय कमिटीले विद्याको सदस्यता नै खारेज गरेपछि टकराव बढ्नु अस्वभाविक पनि होइन । विद्यालाई पार्टी सदस्यता दिएर पार्टी अध्यक्ष बनाएको भए, यो बबाल हुने नै थिएन । ओली आफैं एमाले अध्यक्षमा तेहेरिन पार्टीले बनाएको नीति नै खारेज गरेर विद्यालाई रोक्नु त्यति सुहाउदिलो पनि होइन । पार्टीले बनाएको अध्यक्षमा २ कार्यकाल र ७० वर्षे उमेर हदको नीति नै परिवर्तन गर्दा यो अवस्था आएको राजनीतिक विश्लेषकहरु नै बताउँदछन् । राष्ट्रपति भईसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किनु नहुने भन्ने संविधानमै उल्लेख नगरेको हुँदा विद्यालाई पार्टी प्रवेशमा रोक लगाउनु एमाले संस्थापन पक्षको कमजोरी भएको जो सुकैले भन्ने गरेका छन् । एमाले र विद्या बीचको अन्तरकलहले एमालेलाई कता पुर्याउँछ त्यो समयले नै बताउँला । माओवादी केन्द्रले उपराष्ट्रपति पुनलाई पार्टीमा फर्काएर जिम्मेवारी दिईसकेको छ ।
ओली र विद्याबीचको टकराव बारे अहिले राजनीतिमा दुई वटा धार रहेका छन् । एउटा धार अनुसार ओली विद्याबीचको टकराव यथार्थ हो । पार्टी अध्यक्षले पूर्वराष्ट्रपति भण्डारीलाइ रोक लगाएर अन्याय गरेका छन् भने अर्को धारले यो नाटक मञ्चन मात्र भनेको छ । किनकी ओली जुनजुन कुरामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिबन्ध लगाउछन् त्यही कुरामा भण्डारी झन् आक्रामक बन्दै आफ्ना क्रियाकलापहरु जारी गर्दछिन् र सो बारे कुनै कारवाही ओलीले गर्न सकेका छैनन् । ओली आफुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी संगठित सदस्यतानै खारेज गरेको र त्यस्ता व्यक्तिले पार्टीको सर्कुलर विपरीत भेला गर्दा रोक्न नसक्नुले यी दुईबीचको टकराव नाटक मञ्चन मात्र हो भन्ने कुराको ठहर समाजको अर्को पक्षले गरेको छ ।









