काठमाडौं । देशको महत्वपूर्ण कानून निर्माण गर्ने थलो प्रतिनिधि सभाले अबको दुई साताभित्र आधा दर्जन महत्वपूर्ण विधेयक पारित गर्ने तयारी गरेको छ । यसरी पारित गर्ने तयारी गरिएको विधेयकमा शिक्षा विधेयक, संघीय निजामति विधेयक, नागरिकता सम्बन्धी विधेयक, संवैधानिक परिषद सम्बन्धी विधेयक, भूमि सम्बन्धी विधेयकलगायत रहेका छन् । यी विधेयकहरु भाद्र महिनाभित्र पारित गर्न दलहरु सहमत भएका छन् । यी विधेयक पारित गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग् छलफल समेत गरिसकेका छन् ।
संघीय निजामति विधेयक प्रतिनिध सभाबाट पारित भएर अहिले राष्ट्रिय सभामा छलफलकै क्रममा छ । यही १७ गते राष्ट्रिय सभाले पारित गरि फिर्ता पठाउनेमा सत्तापक्ष विश्वस्त छ । नागरिकता सम्बन्धी विधेयक पनि १८ गते नै पारित गर्ने गरी दलहरुबीच सहमति गरेको छ । असारमा प्रतिनिधि सभाबाट राष्ट्रिय सभा पुगेको यो विधेयक गत ५ गते पुनः प्रतिनिधिसभामा फिर्ता आएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले फर्ता पठाएको संवैधानिक परिषद९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी विधेयक पनि भाद्र भित्रै पारित गर्ने सहमति जुटेको छ । दुवै सदनबाट पारित गरी असार २५ गते राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाइए पनि राष्ट्रपतिले ५ बुँदे सन्देश सहित उक्त विधेयक फिर्ता पठाएको
थियो । सोही विधेयकलार्य फेरि जस्ताको त्यस्तै पारित गर्ने तयारी सत्तापक्षको छ । अहिलेसम्ममा सबभन्दा महत्वपूर्ण शिक्षा विधेयक मानिएको छ । यसमा विवाद पनि ठूलै देखिएको छ ।








