काठमाडौं । युवाको उमेर कति भनेर संशय उत्पन्न भइरहेको समयमा युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८ देखि ३५ कायम हुने राष्ट्रिय युवा परिषदका कार्यक्रम उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
यस अघि राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुनेगरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिने भनेर उल्लेख थियो । वि.सं. २०७८ सालको जनगणनाअनुसार नेपालमा १६ देखि ४० वर्षसम्मको जनसंख्या ४२।५६ प्रतिशत थियो । संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको थियो ।








