नेपालको उच्च शिक्षा र जागिर प्रति यूवाहरुको विकर्षण

भोजकुमारी खड्का
पछिल्लो दुई आर्थिक वर्षयता नेपालमा सरकारी जागिरप्रति आकर्षण घट्दै गएको छ । लोक सेवामा ५० जना कर्मचारीको आवश्यकता भएको विज्ञापन गर्दा ५ हजारभन्दा बढीले आवेदन गर्दथे । तर अहिले त्यो अवस्था छैन । बढाइमा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु पनि विदेशको कुल्लि वा निम्नस्तरको कामदारका रुपमा जान लालायित देखिन्छन् । जस्तैः उदाहरणका लागि कोरियातर्फ कामदारको आकर्षण बढ्नु । यसवर्ष इपिएस प्रणालीमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान खुलाइएको पाँच हजार ३ सय कोटाका लागि एक लाख तीन हजार युवाले आवेदन दिएका छन् । त्यस्तै, जापान लगायतका मुलुकमा युवाहरु जानेक्रम पनि त्यति नै बढीरहेको छ । यस्तो किन भइरहेको छ त रु यस्तो हुनुको प्रमुख कारण समय सापेक्ष अनुसार तलब नहुनु र जागिर खानै झन्झटिलो हुनु । कोटा सिमित र माग बढी भएका कारण लोक सेवा पास गर्नेले पनि अन्तरवार्ताको बहाना बनाएर योग्य व्यक्तिलाई फाल्ने र पहुँचका आधारमा अयोग्यलाई जागिर दिने चलन नेपालमा छ । योग्य व्यक्ति जहिले पनि पछि पारीने गरिन्छ । यसले लोक सेवाप्रति विकर्षण गराईरहेको छ ।
त्यस्तै अधिकांश विद्यार्थीहरुको चाहना पनि स्वदेशमाभन्दा विदेशमा बढ्दै गइरहेको छ । यसको कारण नेपालमा भविष्य नदेख्नु र देखाउन नसक्नु हो । अधिकांश विद्यार्थी विद्यालय तहको शिक्षा ९कक्षा १२० उत्तिर्ण गर्दै विदेश गईरहेका छन् । यो क्रमलाई रोक्नेभन्दा खुलाउने काम बढी भएको देखिन्छ । यसले शिक्षामा जतिसुकै लगानी गरे पनि फल राम्रो पाइरहेका छैनन् लगानीकर्ताहरले । नेपालको शिक्षा प्रणाली विदेशकोभन्दा भद्दा प्रकृतिको भएको विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरु बताउँछन् ।
विदेशमा काम गर्दै बढ्दै गर्ने र पैसा पनि कमाउन सकिने भएका कारण पनि नेपाली विद्यार्थीको अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान, डेनमार्कलगायतका मुलुकमा अध्ययनका लागि जान विद्यार्थी उत्साहित भएका छन् । राम्रो काम गरेर उतैको नागरिकता बन्ने चाहना पनि उनीहरुमा रहेको हुन्छ । विद्यार्थी र कामदारका रुपमा जान चाहनेहरुले मुलुक बाहिर जाँदा अर्बौ रुपैया साथैमा बाहिरिरहेको छ । स्वस्थ्य र योग्य युवा बाहिर जाँदा मुलुकमा बुढा खाडा र कोचलगंगा मात्रै बाँकी रहन सक्ने अवस्था आइरहेको छ । यसले देशको विकास कसरी सम्भव छ ।
त्यसैले, शिक्षा र रोजगारीको लागि विदेशीने क्रम सरकारले रोक्ने र यही योग्यता र क्षमता अनुसारको काम दिन सरकारले सक्नु पर्दछ । गफ र ठूला ठूला भाषण गर्ने तर काम चाहि नगर्ने नेता–मन्त्रिहरुको बानी छ । यसलाई हटाएर कुराभन्दा बढी काम गर्ने प्रवृत्तिको विकास गर्न जरुरी छ ।

LEAVE A REPLY