मन्त्री घिसिङद्वारा चोभार(गल्छी क्षेत्रको निरीक्षण

काठमाडौँ। उर्जा एवं भैतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले काठमाडौँको चोभार(गल्छी क्षेत्रको निरीक्षण गरेका छन्।काठमाडौँ उपत्यका लगायत देशभर अविरल वर्षा भएसँगै शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र अन्य सरकारी अधिकारीहरूको टोली लिएर उनले काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर बग्ने चोभार( गल्छी क्षेत्रको निरीक्षण गरेका हुन्।
यस्तै मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरेका छन्। उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताका साथ सुरक्षित भएर बस्न आग्रह गरेका छन्।

LEAVE A REPLY