काठमाडौँ उपत्यकाका खोलाका करिडोरमा सवारी आगमनमा रोक

काठमाडौँ । काठमाडौँ उपत्यकाका खोला किनारका सडकहरुमा सवारी आगमनमा रोक लाग्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका खोला किनारका सडकहरू करिडोरमा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म करिडोर सडकमा सवारी आवागमनमा रोक लगाउन भनेको छ ।
आज राति वर्षाको मात्रा अझ बढ्न गई नदी खोलामा पानीको सतह थप बढ्ने र नदी खोला किनारका सडकहरू डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY