दमक, असोज १९ गते । झापाको झापा गाउँपालिका वडा २ मा आइतवार बिहान आएको बाढीले हुलाकी मार्गको दुईसय मिटर भत्काएर बाढी बस्तीमा पसे पछि करिव २ सय घर परिवार डुवानमा परेको र उनीहरुको उद्धार गरी सुरक्षित ठाँउमा लगिएको जिल्ला प्रहरीकार्य झापाले जनाएको ।
कन्काइमा आएको बाढीले हुलाकी मार्गमा क्षति पुगेपछि अवरुद्ध बनेको हो ।
सडक भत्काएर बाढी बस्तीमा पसेपछि स्थानीयहरुको भागाभाग भएको थियो। यहाँ जनपथ, सशस्त्र र स्थानीयको सहयोगमा उद्धार कार्य भएको प्रहरीको भनाइ छ । कन्काई खोलामा खतराको सतर्कताभन्दा माथि पानीको बहाव पुगेको छ ।









