किशोर शर्मा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशबासीको नाममा सम्बोधन गर्दा नेपाल सरकारको छाप निशानामा रहेको नेपालको नक्साको कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको चुच्चे नक्सा स्पष्ट देखिएन। चुच्चे नक्साको ठाउँमा सेतो देखिएको छ।
यो सरकारले सुनियोजित रूपमा नेपालको नक्सा बदल्न खोजेको हो कि ?भारतलाई खुशी तुल्याएर सत्ता धेरै समय लम्ब्याउन खोजेको हो कि काकतालीले त्यस्तो देखिएको हो ? यो सरकारले स्पष्ट गर्नु पर्दछ। सुशीला कार्की सरकारले मित्रराष्ट्र भारतको यति साह्रो चाकडी र चाप्लुसी किन गर्नु परेको हो ? यसमा नेपाली सेनाको के भनाइ छ ? नेपालको नक्सा त्यसरी नबुझिनेगरि छोप्न मिल्छ ? यसमा प्रधानमन्त्रीलाई कारवाही गर्न किन माग नगर्ने ? संविधानको अनुसुची संशोधन नभएसम्म उक्त चुच्चे भुभाग सहितको नेपालको नक्सालाई सरकारले तलमाथि गर्न पाउदैन। यस विषयमा कथित राष्ट्रवादीहरू किन बोल्दैनन ?
विघटित संसदमा प्रतिनिधित्व गर्ने ठुला दल र तिनका कथित शिर्ष नेता र कार्यकर्ताहरू किन मौन छन ?के जेनजीको विद्रोहपछि सबै राजनीतिक दल,तिनका नेता,जेनजीका नेता,युवा जेनजी,अन्तरिम सरकार,नेपाली नागरिक र नेपाली सेना पनि नेपालको चुच्चे नक्साको भुभाग भारतलाई अनौपचारिक रूपमा बुझाउन तयार भएका हुन ?होइन भने किन मौन छन ?बोल्नु पर्यो , यसमा आफ्नो धारणा स्पष्ट राख्नु पर्यो








