८ कात्तिक, काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कात्तिक १५ पछि घोषणा गरेको आन्दोलन र त्यससँग सम्बन्धित सुरक्षा चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरू र सरकार विच छलपल भएको छ ।
शनिबार बिहान चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले छलफल गरेका थिए ।
करिब दुई घण्टासम्म चलेको उक्त छलफलमा सुरक्षा निकायका प्रमुखहरूले अहिलेसम्म संकलन गरेका विवरण र वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण सुनाएका थिए ।बैठकमा दुर्गा प्रसाइले सरकारका सुझाव र सल्लाह बेवास्ता गरी आन्दोलन गर्न खोजे जस्तोसुकै कदम चाल्नेगरी तयारी भइरहेको ती सुरक्षा प्रमुख बताउँछन् ।
‘सकेसम्म सम्झाउने नै हो । संवादबाटै अघि बढ्ने नै हो,’ ती प्रमुखले भने, ‘यदी आन्दोलन गराएरै छाड्ने र हिंसात्मक बन्ने अवस्था आयो भने एकदमै कडा भएर प्रस्तुत हुनेतर्फ तयारी छौं ।’
जसका लागि चारवटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको समेत उनले बताए ।








