प्रधानमन्त्री कार्कीद्वारा मन्त्री परिषद विस्तार

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उहाँले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसारथपिएका चार मन्त्रीहरुमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगार मन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता रहनु भएको छ । उहाँहरूले पद तथा गोपनीयताको शपथ समेत लिई सक्नु भएको छ

LEAVE A REPLY