काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल दर्ताको समयावधि चार दिन थपेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि थप चार दिन थपेर मङ्सिर १४ गतेसम्म दल दर्ताको समयावधि रहेको आयोगका प्रवक्त्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् ।
यसअघि निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि आज बुधबारसम्म समय तोकोएको थियो।









