सभापति देउवाद्वारा विवादलाई शान्त पार्न सात पूर्वपदाधिकारीलाई बोलाएर सुझाव र सुनुवाई

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समय–सूचीबारे बढ्दै गएको विवादलाई शान्त पार्न सभापति शेरबहादुर देउवाले बिहीबार महाराजगञ्जस्थित आफ्नो निवासमा ‘सात पूर्वपदाधिकारी’ लाई बोलाएर सुझाव–सुनुवाइ गरेका छन्।
छलफलमा सहभागी कांग्रेसका शीर्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गरिनु पार्टीका लागि हानिकारक हुने धारणा राखेका थिए। उनीहरूको भनाइमा यस्तो संवेदनशील चुनावी मोडमा आन्तरिक प्रक्रिया अघि बढाउँदा पार्टी एकता र चुनावी तयारीमा नकारात्मक प्रभाव पर्न सक्छ।
छलफलपछि कांग्रेस प्रवक्ता डा ।प्रकाशशरण महतले आफूहरूलाई महाधिवेशन चुनावअघि नगर्नु उपयुक्त हुने कुरा सभापति देउवालाई स्पष्ट रूपमा राखिएको जानकारी दिए। उनका अनुसार देउवाले पनि यस विषयमा उस्तै चासो रहेको बताउँदै स्थिति बुझिरहेको प्रतिक्रिया दिएका थिए। महतका अनुसार छलफलमा कुनै ठोस रणनीति वा निर्णय भने बनेन।
यद्यपि, सभापति देउवाले सात पूर्वपदाधिकारीलाई पार्टीमै देखिएको ताजा विवाद सहमतिमै समाधान गर्दै अघि बढ्न निर्देशन दिएका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार संस्थापन पक्षका नेता रमेश लेखकले चुनाव हुँदा महाधिवेशन नहुने पक्का रहेको भन्दै पुस मसान्तअघिकै कार्यतालिका ल्याएर अघि बढ्नुपर्ने ब्रिफिङ गरेका थिए । यसमा उनलाई सहमहामन्त्री भीष्मराज आङदेम्बे, मीन विश्वकर्मा, रमेश रिजालसहितका नेताले साथ दिएका थिए ।उनीहरूले चुनाव सरे मात्र महाधिवेशन हुने निश्चित रहेको भन्दै विशेष महाधिवेशनका पक्षधरहरूलाई जिल्ला फर्काएर चुनावमा खटाउन पनि महाधिवेशन तालिका अनिवार्य भएको तर्क गरेका थिए । संस्थापन पक्षका वरिष्ठ नेताले भने पुरानै अडान राखेका थिए । उनीहरूले नहुने महाधिवेशनको तालिका ल्याउनु नक्कली काम हुने र यस्तो काम पार्टीभित्र बेइमानी हुने तर्क गरेको बैठकमा सहभाागि नेताहरुले बताए ।
चुनाव हुन्छ भन्ने आधारमै कांग्रेसले भाग लिने निर्णय गरेकाले त्यसमा शंका पैदा हुने काम पनि पार्टीले गर्न नहुने बताएका थिए । संस्थापन पक्षका नेताहरू विमलेन्द्र निधि र कृष्ण सिटौलाले ‘लोकप्रियताका लागि निर्णय गर्न नहुने’ तर्क गरेका थिए ।
ती नेताका अनुसार ‘पार्टीको वास्तविक अवस्था बिगार्ने गरी हिँडेका लोकप्रियतावादीहरूकै शैलीमा चल्नु उपयुक्त नहुने भन्दै पार्टी कि चुनावमा कि महाधिवेशनमा एक मात्र रोज्ने अवस्था रहेको’ तर्क गरे । संस्थानपन पक्षको पुषमा नियमित महाधिवशेन गर्ने पक्षमा कांग्रेस संस्थाइतर समुहका बरिष्ठ नेता डा. शेखर कोइराला सहमत छन् ,उनले पार्टी संकटको घडीमा सबैले मिलेर एकताको सन्देश दिनुपर्ने बताउँदै आएका छन् । तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका इतरसमहुका नेता भने संस्थापन पक्षलाई दबाब दिन विशेष महाधिवशेनका लागि भेला र चर्को आवाज दिन व्यस्त छन् । उनीहरुले आगामि निर्वाचनअघि विशेष महाधिवेशन नगरे पार्टीमा क्षेति पुग्ने भन्दै पार्टीकै बदनामा गर्न तिर लागेको देखिन्छ ।

LEAVE A REPLY