लोसपा अध्यक्ष ठाकुरद्वारा आगामी निर्वाचनमा सक्दो भूमिकाखेलिदिन प्रधानमन्त्री कार्की संग आग्रह

काठमाडौँ, मङ्सिर ११ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गर्नु भएको छ ।
अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘हामी स्पष्ट छौँ। चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै। चुनाव नै अबको मात्र निकास हो।’
उहाँले तराई–मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनालाई गति दिन सरकारसँग आग्रह गर्नुभयो।

LEAVE A REPLY