काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि पनि राजनीतिक दलहरुकै सरकार बन्ने र त्यसको तेतृत्व एमालेले गर्ने दावी गर्नु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नवयुग ई(बुलेटिन सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले त्यस्तो दावी गर्नु भएको हो ।
उहाँले वर्तमान सरकार असंवैधानिक, हाहुको भरमा आएको बताउनु भयो । अध्यक्ष ओलीले अब हुने निर्वाचनबाट आफ्नो पार्टी एमाले सरकारमा आउने दाबीगर्नु भयो ।अन्य दलहरूको बारेमा आफूलाई थाहा नभएको बताउँदै एमाले भने आउने आउने जिकिर गर्नु भयो। र, शान्तिपूर्ण निर्वाचनको पर्खाइमा आफ्नो दल रहेको पनि ृउहाँले बताउनु भयो ।
ओलीले थप भन्नु भयो ‘अरु आउँछन् कि आउँदैनन् थाहा छैन तर एमाले चाहीँ आयो आयो । एमाले एउटा सवशाल नदीमाआएको बाढीजस्तो हो ।








