मेयर बालेन शाहद्वारा कांग्रेस एमाले माथी देश जलाएको आरोप

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले गत मदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कांग्रेस(एमालेले देश जलाएको आरोप लगाएका छन्।
मेयर शाहले सामाजिक सञ्जाल फेसबोकमा स्टाटस लेख्दै आन्दोलनमा कांग्रेस र एमालेले देश जलाएको तर दोष जती जेनजीहरूलाई लगाएको बताएका हुन्। महानगर प्रमुख शाहले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर नेताहरूमाथि कटाक्ष गरेका छन् ।
तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको बताए । उनले भिसा पाउनलाई तिमिहरूको घर धाउनुपर्छ अरूलाई एजेन्ट भन्छौँ पनि , भने ।
जेनजीहरुको आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको र कांग्रेसले एमालेको जलाएको बताउँदै उनले भने,दोष आफ्नो बालबच्चालाई दिन्छौँ चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ लाज लाग्दैन ?

LEAVE A REPLY