काठमाडौँ । काठमाडौंको बौद्धस्थित कुमारीगालमा रहेको एक ५ तले घरमा ठूलो परिमाणमा सुन—चाँदीका गहना चोरी भएको छ ।आज मंगलबार मध्याह्न १२ बजेतिर एक घरबाट ४२ तोला सुनचाँदीका गहना चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
३२ तोला सुनका गहना र अन्दाजी १० तोला चाँदीका गहना चोरी भएको हो। घरको छतमा मानिसहरू बसिरहेका बेला चौथो तलामा चोरी भएको र चोरी भएको कोठाको ढोकाको कब्जा फुस्काइएको अवस्थामा फेला परेको छ।
प्रहरी वृत्त बौद्धले आसपासका सिसिटिभी फुटेज हेरी अनुसन्धान गरिरहेको छ।यो घटनाबाट पाठ सिकेर घरमा गहना थुपार्नेहरुले सजगताअपनाउनु पर्ने देखिएको छ ।









