झापामा एमालेको भोलेन्टियर्स फोर्सले पत्राकार कुटेर एमालेलाई नै अलोकपृय बनाउदै, यस्तै दादागिरी बट्दै गए नेताले हार्न सक्ने सकेत

१४ फागुन, विराटनगर । झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङमा पुगेका पत्रकारमाथि नेकपा एमालेका कार्यकर्ताले हातपात गरेका छन् । एमाले अध्यक्ष तथा झापा– ५ का उम्मेदवार केपी शर्मा ओलीको घरदैलो रिपोर्टिङमा पुगेका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताले हातपात गरेका हुन् । भोलेन्टियर्स फोसले यस्तै दादा गिरी देखाउदै गए ओलीले चुनाव हार्ने निश्चि जस्तै भएको आम मतदाताको भनाई छ । किनकी एमालेको साख भोलेनिटयर्स फोर्स गिराउदै गएका छन् ।

झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङका क्रममा आचार्यमाथि बिहीबार दिउँसो एमालेको भोलेन्टियर्स फोर्सका व्यक्तिहरूले आक्रमण गरेको उनीसँगै रहेका पत्रकार अमृत चिमरियाले जानकारी दिए ।
पत्रकार चिमरियाका अनुसार, घरदैलोमा रहेको भोलेन्टियर्स फोर्सका कार्यकर्ता र घरदैलोमा भेटिएका महिलाहरूबीचको भिडियो खिच्न खोज्दा आचार्यमाथि हातपात भएको हो । ‘किन खिचेको फोटो ? भन्दै फोर्सका कार्यकर्ताले उनीमाथि आक्रमण गरेको चिमरियाले बताएका छन् । आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ । आचार्यको मोबाइल फोनसमेत खोसेर उनीहरूले लगेका छन् ।
उनका अनुसार आक्रमण गर्ने समूह २५६१ नम्बरको स्कर्पियोमा सवार थियो ।
आचार्य विराटनगरमा रहेर रातोपाटीका लागि कोशी प्रदेशको रिपोर्टिङ गर्छन् । पत्रकार आचार्यमाथि आक्रमण गर्नेलाई तत्काल कारबाहीको दायरमा ल्याउन नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले माग गरेकी छन् ।
‘रिपोर्टिङमा रहेका पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो,’ मोरङकी अध्यक्ष पाठकले भनिन्, ‘दोषीलाई तत्काल कारबाही गरिनुपर्छ । राज्यले पत्रकारलाई निर्बाध र सुरक्षित रूपमा रिपोर्टिङ गर्ने वातावरण सुनिश्चित गर्नुपर्छ ।’

LEAVE A REPLY