तीन देशबीचको द्वन्द्वले नेपाललाई पर्न सक्ने असर र सिक्नुपर्ने पाठ

—अर्जुन प्रसाद काफ्ले
अमेरिका, इजरायल र इरान ३ देशबीचको युद्ध गत शनिबारदेखि सुरु भएको छ । युद्ध सुरुभएसँगै त्यसको असर नेपाललाई पनि पर्नसक्ने
देखिन्छ । पहिलो असर श्रम स्वीकृति लिएर त्यस क्षेत्रमा पुगेका करिब १८ लाख युवायुवतीलाई सुरक्षित राख्न चुनौती छ । उनीहरुलाई सुरक्षित साथ नेपाल फर्काउन सके पनि बेरोजगारी झनै थपिन्छ । अर्बौ रेमिट्यान्स बन्द हुन्छ । दोस्रो असर भनेको पेट्रोल र डिजेलको अभाव हुन्छ । मुल्य आकाशिने बढी सम्भावना हुन्छ । जसका कारण पेट्रोल र डिजेलबाट चल्ने कारखानाहरु बन्द हुन सक्छन् । सवारी साधन पनि बन्द हुने छन् । जसबाट यातायात समेत प्रभावित हुन सक्छ ।
खाडी क्षेत्रमा रोजगारी गर्न जाने र पठाउन अभिभावकको रातको निद्रा र दिनको भोक बिर्सिन थालिएको छ । सुरक्षित रुपमा कसरी नेपाल फर्किने र फर्काइने भन्ने बारे चिन्ता बढीरहेको छ । युद्धका कारण त्यस क्षेत्रमा गएका नेपालीलाई फर्काउनु पर्ने बाध्यता आइृ पर्ने र फर्किएर आएपछि बेरोजगार बस्नुपर्ने अवस्था छ । जसले नेपालमा थप समस्या निम्तिन सक्नेछ । अहिलेसम्म अमेरिकी सुरक्षा क्याम्प रहेका साउदी अरेबिया, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स्९यूएई०लगायतका मुलुकमा करिब २० लाख नेपाली पुगेका छन् । ती सबै नेपाल फर्किने हो भने रेमिट्यान्स घटे पनि जनसंख्या बढ्ने र गाउँशहर भरिन थाल्नेछन् । तीन देशबीचको तत्कालको असर भनेको विदेशमा रहेकाहरु भोट हाल्न नेपाल आउन नपाउनु हो ।
इजरायलले इरानको राजधानी तेहरानमा आक्रमण सुरु गरेपछि इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी सुरक्षा क्याम्पमा आक्रमण गरेको थियो । सोही आक्रमणले नेपाल पनि प्रभावित हुन पुगेको हो ।
सिक्नुपर्ने पाठः खाडी मुलुकहरुको द्वन्दबाट नेपालीहरुले सिक्नुपर्ने पाठ धेरै भए पनि केही महत्वपूर्ण पाठ भने यहाँ उल्लेख गरिएको छ ।
क) धन आर्जन गर्नका लागि कुनै पनि देश नजाने, आफ्नै देशमा रोजगारीको सृजना गर्नुपर्ने ।
ख) जानैपर्ने भए सबै एकै ठाउँ नजाने । जबकी अहिले २० लाखको हाराहारी संख्यामा नेपाली कामदार खाडी मुलुक लगायतका देशमा रहेका छन् । अमेरिका, इजरायल र इरानबीच द्वन्द चर्किदै जाँदा बम, गोला, वर्षिए अधिकांश नेपाली कामदारले ज्यान गुमाउनु पर्ने अवस्था पनि आउन सक्छ ।
ग) खाडी क्षेत्रमा कहिले युद्ध त कहिले आर्थिक संकट पर्ने ठाउँ भनेर बुझ्नुपर्ने आवश्यक छ । आर्थिक संकटले भोकै मर्नुपर्ने र युद्धले एकैचोटी सबैले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई आत्मसात गर्नुपर्छ । खाडी क्षेत्रमा कुनै सानो समस्या आउँदा पनि तर्सनुपर्ने आवस्था आउछ भन्ने कुराको ज्ञान हुनुपर्ने लगायतका पाठहरु छन् ।

LEAVE A REPLY