२७ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको ९ दिनमै सबै संसदीय समिति गठन भएको छ । यो हुनु भनेको एउटै दलको दुई तिहाई नजिकको बहुमत आउनु हो । बहुमतको फायदा ९ दिनमै सबै संसदीय समिति गठन हुनु मात्रै होईन १५ सदस्यीय मन्त्री मण्डल गठन नै एकै चोटी भएर संसदको हिउदे अधिवेशनल नै सभाप्त भएको छ ।
संघीय संसद्अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ति समिति यसअघि नै गठन भइसकेका छन् ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यी सबै समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ ।
संसदीय सुनुवाई समिति पनि शुक्रबार नै गठन भएको छ ।
जसको सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भीष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, डा। लेखजंग कार्की, वर्षमान पुन रहेका छन् ।









