काठमाडौ । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ । आयोगले गत विहिबार सार्वजनिक सूचना जारी गर्दै एक महिनाभित्र आफ्नो सम्पत्ति बुझाउन भनेको छ । निकै चर्चामा रहेको यो विषयले कस्तो मोड लिन्छ चासोका साथ रहेको छ । सार्वजनिक पद धारण गरेका तथा सेवा निवृत्त व्यक्तिहरुलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्न आग्रह गर्दै आयोगले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सम्पत्तिको विवरण संकलन गरी बुझाउन सम्बन्धित व्यक्तिहरुलाई आग्रह गरेको हो ।
त्यसो त आयोगले पाएको कार्यादेश अनुसार पूर्वराजादेखि पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिको सम्पत्ति भने छानबिन हुने छैन । साथै बहालवाला राष्ट्रपति, उपराष्ट्रपतिका साथै पूर्व र बहालवाला प्रधानन्यायाधीशको समेत सम्पत्ति छानबिन गर्ने क्षेत्राधिकार आयोगलाई दिइएको छैन । सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसीका अनुसार पनि उल्लेखित पदाधिकारीको सम्पत्ति आयोगले छानबिन गर्ने
छैन । तर उजुरी आएमा के गर्ने भन्ने बारे भने हालसम्म निर्णय भइसकेको छैन ।









