फेरी जनआन्दोलनको तयारीमा राप्रपा

काठमाडौं । देशको फरक धारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० आगामी आन्दोलनलाई जनआन्दोलन भन्दै त्यसको पूर्ण तयारीमा जुटेको छ । केही दिनअघि बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले जनआन्दोलन पूर्ण तयारीका लागि विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । वर्तमान अवस्था र व्यवस्था परिवर्तनका लागि काठमाडौंमा व्यापक जनआन्दोलन र अन्तिम युद्ध गर्ने राप्रपाको तयारी छ । जसका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा जनआन्दोलन मुल तयारी समिति गठन गरिएको छ ।
त्यसैगरी सो बैठकले गत चैत्र २७ गतेको राप्रपाको जनआन्दोलनको मूल्यांकन गरी आन्दोलनको क्रममा केही कमजोरी महसुस गरेको छ । यस आन्दोलनको क्रममा जति पनि शहिद भएकालाई राष्ट्रिय सहिद घोषणा गर्न राप्रपाले माग गरेको छ । यस्तै घाइतेलाई भने पार्टीले उपचार गरिरहेको र गरिरहने राप्रपा कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको कार्यसम्पादन समिति सदस्य एवं सांसद दिपकबहादुर सिंहले जानकारी दिए । यसैगरी सहकारीको अपचलन गरेको आरोपमा राप्रपाका सांसद गिता बस्नेतको बारेमो सरकारलाई अनुसन्धान गर्न सजिलो पार्नको लागि र निष्पक्ष छानविन गर्नका लागि राप्रपाले माग प्रशस्त गरिदिने, यदि दोषी ठहरिएमा नैतिकताको आधारमा नियम कानून अनुसार सजाय भोग्न राप्रपा तयार रहेको राप्रपा निर्णयमा भनिएको
छ ।
राप्रपा आन्दोलनको बारेमा नेता दिपकबहादुर सिंह भन्छन्– ‘अबको राप्रपा जनआन्दोलन देश र जनताको लागि हो । यसमा नेपाली जनताको साथ र सहयोग रहिरहने छ । यो आवश्यक पनि छ र रहिरहने छ ।

LEAVE A REPLY