काठमाडौं । आगामी बजेट अधिवेशन यही वैशाख २८ गते बस्ने भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सो मितिमा डाके अनुसार बैठक बस्न लागेको
हो । यो अधिवेशनमा बजेट लगायतका महत्वपूर्ण विधेयक सरकारका तर्फबाट पेश गर्ने कार्यतालिका रहेको छ । बजेट दुवै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेश हुने कार्यतालिका रहेको छ । सरकारी तर्फबाट नयाँ बजेट लेखनको तयारी भइरहेको
छ ।
त्यसो त सहकारीमा ठगि गरेको भन्दै गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले फेरि संसद अवरुद्ध गर्ने तयारी गरिरहेको छ । यदि कांग्रेसको माग अनुसार रवि लामिछानेका विषयमा संसदीय सुनुवाई समिति गठन नगरे फेरि पनि संसद चल्न नदिने कांग्रेसको अडान कायम रहेको छ । कांग्रेसको अडान बमोजिम सत्तापक्ष संसदीय सुनुवाई समिति गठन गर्न तयार छैन । हुन त गृहमन्त्री लामिछानेका बारेमा कांग्रेसले जुन माग गरिरहेको छ त्यो सरकारी पक्षलाई बद्नाम गर्ने बहानाको रुपमा आएको स्पष्ट देखिन्छ । हुन त कांग्रेस वर्तमान गठबन्धन बन्न नदिन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेलाई प्रधानन्त्री बनाउन समेत तयार थियो तर कांग्रेसको सो प्रस्ताव इन्कार गरी वर्तमान सरकारमा गएपछि कांग्रेस लगातार रवि लामिछानेमाथि प्रहार गरिरहेको देखिन्छ ।
त्यसो त कांग्रेस–एमाले मिल्दाको अवस्थामा बाहेक यो सरकार कुनै हालतमा ढल्ने अवस्था छैन तर रास्वपा अध्यक्ष लामिछानेलाई सरकारबाट अलग गर्न पाए वर्तमान सरकार एक हदसम्म कमजोर हुने कांग्रेसी बुझाई छ । त्यसैले रास्वपा र एकीकृत समाजवादीलाई यो गठबन्धनबाट अलग गर्न पाए आफ्नो इच्छा अनुसारको सरकार बन्ने थियो तर त्यो कुरा एक हदसम्म सपना जस्तो मात्र हो । अब ३÷४ वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री बन्ने पक्कापक्की जस्तै छ ।

LEAVE A REPLY