गाजामा इजराइलको बमबारी,कुल मृत्यू हुनेको सख्या ३८,७९४

Explosions light-up the night sky above buildings in Gaza City as Israeli forces shell the Palestinian enclave, early on May 18, 2021. - Israeli jets kept up a barrage of air strikes against the Palestinian enclave of Gaza as a week of violence that has killed more than 200 people pushed world leaders to step up mediation. (Photo by MAHMUD HAMS / AFP)

काठमाडौं । गाजा शहरमा विस्थापितहरूको आवासको गेटमा भएको इजराइली बमबारीमा कम्तीमा नौ प्यालेष्टिनीको मृत्यु भएको छ। कैयौँ घाइते भएको प्यालेष्टिनी सुरक्षा र चिकित्सा स्रोतले जनाएका छन्।
इजराइली विमानले दर्जनौँ विस्थापित परिवारहरू बस्ने गाजा शहरको अल–रिमाल छिमेकमा रहेको विद्यालयको गेटमा मिसाइल प्रहार गरेको प्यालेष्टिनी सुरक्षा स्रोतले बताएको छ। मन्त्रालयले इजराइली सेनाले केही जेनेरेटरहरू ध्वस्त बनाएको र प्रत्यक्ष बमबारी गरेको बताएको छ।
इजराइलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजराइली सिमानामा हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको थियो । यसमा लगभग एक हजार २०० मानिस मारिएका थिए भने २५० जनालाई बन्धक बनाइएको थियो।
विगत २४ घण्टामा इजराइली सेनाले ८१ जनाको ज्यान लिएको छ भने १९८ जना घाइते भएका छन्। यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ३८ हजार ७९४ पुगेको र सन् २०२३ को अक्टोबरमा प्यालेष्टिनी(इजरायली द्वन्द्व शुरु भएदेखि ८९ हजार ३६४ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले विज्ञप्तिमा भनेका छन्।

LEAVE A REPLY