गाडी दुर्घटनाले लग्योे, गाउँपालिकाका उपाध्यक्ष कार्कीको ज्यान

सुर्खेत । सुर्खेतबाट नेपालगञ्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको ज्यान गएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।कार्कीलाई दुर्घटनालगत्तै उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो ।

उनको उपचारका क्रममा करिब राति २ बजे निधन भएको प्रहरीको भनाइ छ । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएका थिए । उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कित लामाका श्रीमान हुन् ।

LEAVE A REPLY